• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कर्णाली प्रदेशका कानुनमन्त्रीले नै गरे कानुनको उलंघन, समाचारदैनिक कर्मीलाई धम्की !

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले ३ वटा गाडीलाई मन्त्रालयबाट पास दिएर सार्वजनिक रोडमा चल्न दिएका छन् । सरकारले देशैभर ‘लकडाउन’ गरेको बेलामा सरकारका मन्त्री ले नै रोडमा गाडी चल्न दिएर भिड लगाएका हुन् ।

विश्वमा आक्रमक रुपमा फैलँदै गएको कोभिड १९ (कोरोना भाइरस) को महामारीका कारण सरकारले पुरै देश नै ‘लकडाउन’ गरेको छ । अत्यावश्यकभन्दा बाहेकका कोहीपनि मानिसलाई घरबाहीर निस्कनका लागि सरकारले कडाई गरेको छ । 

भीडमा सहभागीहरुले भने समाचार दैनिकका कर्णाली प्रतिनिधि विवशकुमार सेजुवाललाई भिडियो खिच्नसमेत अवरोध गरेका थिए । साथै, सेजुवाललाई धम्की पनि दिएका थिए । 

उनीहरुले ठूलो भिड जम्मा गरेर सरकारले दिएको निर्देशनको अवज्ञा गरेका छन् । ‘आफूहरु नरेश भण्डारीको मान्छे हुँ’ भन्दै त्यहाँ सहभागीहरुले आफूलाई धम्काएको सेजुवालको भनाई छ । जिल्ला प्रशासन कार्यालय भने उक्त विषयको मुखदर्शक बनेको उनको आरोप छ । 

सेजुवालका अनुसार त्यहाँ कम्तिमा डेढ सय मानिसहरु भेला भएका थिए । ‘सरकारले बिचमा परेका मान्छेहरुलाई क्वारेन्टाईनमा राख्ने निर्णय गरेको छ । दिनभरी प्रहरीले मानिसहरु हिँड्न दिएको छैन् ।’, सेजुवालले भने, ‘निर्णय आफैं गर्ने र उलंघन पनि आफैं गर्न मिल्दैन् ।’

सुर्खेतमा स्थाई भएका मानिसहरु मन्त्री भण्डारीको नाम लिँदै आफ्नो जिल्लामा जान लागेको बुझिएको छ । सरकारका मन्त्रीले नै महामारीको रुप लिइरहेको यो विषयलाई धज्जी उडाएर पास दिलाउँदै जानुलाई सेजुवालले भिडियोमा उतार्ने प्रयास गरेका थिए । सोही बेलामा ‘को पत्रकार’ भन्दै बसमा भएका मानिसहरुले आफूलाई धम्की दिएको उनको आरोप छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर