बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बुटवल । बुटवलको ‘कोरोना विशेष’ अस्पतालमा मृत्यु भएका युवकको कोरोना भाइरस रिपोर्ट ‘नेगेटिभ’ आएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना–४ सिसौडाडा बस्ने ३४ वर्षका बाबुराम थापा क्षेत्रीको दोस्रो स्वाब परीक्षणको रिपोर्ट सोमबार दिउँसो आएको हो ।

सोही रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

दुबईमा ट्याक्सी चालक रहेका थापा त्यहाँबाट ६ गते त्रिभुवन विमानस्थल काठमाडौं उत्रिएका र चैत ७ गते बसबाट सैनामैना आएका थिए ।

मृतक थापाको शव अस्पतालमै रहेको छ ।

याे पनि :

कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर