अभावमा कपनका रोहिग्या शरणार्थी, केही संघ संस्थाले वितरण गरे राहत
काठमाडौं । काठमाडौंको कपनमा रहेका म्यान्मारका रोहिग्या शरणार्थीले सरकारले घोषणा गरेको लकडाउनले सकस बनाउन थालेको छ । देशभरी सवै गतिविधि ठप्प हुंदा रोहिंग्या समुदायलाई खाध्यानन लगायतको समस्या हुन थालेको हो ।
सोही अवस्थालाई मध्यनजर गर्दै बिभिन्न मनकारीहरुले राहात सामग्री बितरण गरेका छन् । नेपाल सरकारले भने सो समूहलाई शरणार्थीको मान्यता र सुविधा दिएको छैन ।
पनौतिस्थित माल्पि इन्टरनेशनल स्कुल, लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए २, व्यावसायी सुदर्शन बस्नेत, नेपाल एकल ब्यक्तित्व समाज, आईपिएसलगायत बिभिन्न संघ संस्थाले रोहिग्या शरणार्थीलाई खाद्यन्नलगायतका सहयोग गरेका हुन ।
व्यवासायी बस्नेतले ३ सय २५ केजी चामल, ७१ केजी दाल, ७१० थान बिस्कुट र ७१ वटा साबुनलगायतका सामाग्री सहयोग गरेका छन् । मानवअधिकारकर्मी मोहना अन्सारीलगायतको उपस्थितिमा उनले सो सामान बितरण गरेका हुन । रोहिग्या शरणार्थी आयुष आलाम र रदिफ आलमलगायतमार्फत उनले राममन्दिर क्याम्पमा रहेका ७१ परिवारका लागि उक्त राहात बितरण गरेका हुन ।
एकल ब्यक्तित्व समाजले पनि १ सय २५ केजी चामल शरणार्थी क्याम्पमा राहात बितरण गरेको महासचिव पुनम माझीले जानकारी दिएकी छन् ।
यसअघि माल्पी स्कुलले पनि शरणार्थी शिविरमा केही खाद्यन्न पठाएको थियो । माल्पि स्कुलले १०० केजी चामल, ६५ केजी आलु, ५० केजी पिठो, २५ केजी दाल, ३ बाकस चाउचाउ, ५ प्याकेज नुनलगायत सामग्री सहयोग गरेको थियो ।
लायन्स क्लबले पनि ३० केजीका ३८ बोरा चामल, १ सय ५४ केजी चामल, ७७ प्याकेट नुन, खाने तेल ७७ लिटर तथा १० १० पिस फिनेल र हार्पिक वितरण गरेको थियो ।
त्यसैगरी, आईपिएसले पनि काठमाडौं ४ का सांसद गगनकुमार थापामार्फत चामाल, दाल, तेललगायतका सामाग्री बितरण गरिएको उक्त संस्थाको प्रतिनिधि ल्याह्मु शेर्पाले जानकारी दिएकी छिन् ।
प्रतिकृया दिनुहोस