• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

टोकियो ओलम्पिकको नयाँ मिति घोषणा, सन् २०२१ जुलाईमा हुने

स्विट्जरल्याण्ड । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले सोमवार टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरेको छ । 

सत्रौँ ओलम्पिक सन् २०२१ मा गर्न टोकियो २०२० आयोजक समिति, टोकियो महानगरीय सरकार र जापान सरकारको सहमतिमा अन्तराष्ट्रिय ओलम्पिक कमिटिले नयाँ मिति तय गरेको हो ।  

यसैवर्ष हुनेगरी पूर्व निर्धारित प्रतियोगिता कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण अर्को वर्षलाई सरेको हो । सारिएकोे मिति अनुसार टोकियो ओलम्पिक सन २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म चल्ने ओलम्पिक समितिले जनाएको छ । त्यसैगरी पारालम्पिक प्रतियोगिता सन् २०२१ कै अगस्ट २४ देखि सेटेम्वर ५ सम्म हुने तय गरिएको छ । 

यसअघि टोकियो ओलम्पिक यसैवर्षको जूलाई २४ देखि अगस्ट ९ सम्म र पारालम्पिक यसैवर्षको २५ अगस्ट देखि ६ सेटेम्वरसम्म हुने गरी निर्धारण गरिएको थियो । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले जारी गरेको वक्तव्यमा विश्यव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण खेलाडी, दर्शक, खेल पदाधिकारी, आयोजक र सहयोगीको स्वास्थ्यलाई ध्यान दिदै प्रतियोगिता अर्को वर्षलाई  सार्नु परेको उल्लेख गरिएको छ । 

प्रतियोगिता यस वर्ष आयोजना गर्न टोकियोमा तयारीका धेरै कामहरु धमाधम भैरहेका थिए । तर केही समयदेखि तयारीका ती कामहरु कोरोना भाइरसका कारण अवरुद्ध भएकाले प्रतियोगिता अर्को वर्षलाई सार्नुपर्ने वाध्यता सृजना भएको हो । एएनआई

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर