• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

तीन सय ३२ परिवारलाई खाद्यान्न, सांसद मोदीले गराए वितरण

बिराटनगर ।  कोरोनाको रोकथामका लागि सरकारले देशभर लकडाउन गरिरहेका बेला उत्पन्न खाद्य संकट टार्न बिराटनगरमा सांसद अमनलाल मोदीले खाद्यान्न वितरण गरेका छन् । मोरङमा रहेको मानव सहयोगी हातहरुको अग्रसरतामा संकलित खाद्यान्न संघीय संसदका सांसद मोदीले वितरण गरेका हुन् ।

बिराटनगरको कटहरी गाँउपालिकाका ३ सय ३२ घर परिवारलाई खाद्यान्न वितरण गरिएको संस्थाका सचिब ताजिम अन्सारीले जानकारी दिए । मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीको पहल र समाजसेवी देब किशन मुन्द्राको सहयोगमा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

अति विपन्न, असहाय, पिछडिएका, अपाङ्ग र एकल परिवारलाई खाद्यान्न वितरण गरिएको अन्सारीले बताए । युवा समाजसेवी दिपेश कामत, जय प्रकाश यादब, डा. सर्बिन यादब लगायतको उपस्थितिमा खाधान्न सामाग्री वितरण गरिएको हो । 

समाजको शैक्षिक, भौतिक, सांस्कृतिक विकासको लागि मात्र नभएर विपद् र विपत्तिहरुमा यस संस्थाले दिल खोलेर सहयोग गर्ने गरेको सचिब अन्सारीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर