एन आई सीका ग्राहकले फुडमान्डुबाट समान किन्दा १० प्रतिशत छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई फुडमान्डु (ँययमmबलमग ) अनलाईनबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम पाँच सयसम्म छुट हुने गरी साझेदारी भएको छ । 

यो योजनामा सहभागी हुन चाहने एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकले चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म ाययमmबलमग।अयm मार्फत सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो । 

‘यस विपतको घडिमा बैंकले आफ्ना आदरणीय ग्राहक महानुभावमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न उत्प्रेरित गर्दछ ।’ बैंकले भनेको छ ।

‘हालसम्म बैंकले २५ वटा भन्दा बढी शाखाहरुमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ भने ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरुले घरबाटै बसेर निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको छ ।’ बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खानियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर