• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सोच्नुहोस् स्मार्टफोन र सामाजिक सञ्जाल बिना ‘लकडाउन’ कस्तो हुन्थ्यो होला ?

लण्डन । फोन, इन्टरनेट, सामाजिक सञ्जाल तथा एप्सका नराम्रा पक्ष पनि छन् र तपाईले विशेषगरी आफ्ना बालबच्चालाई यसबाट टाढा राख्ने प्रयास पनि गरिसक्नुभएको छ । तर यस समय यिनै चिजहरुले मानिसको ज्यान बचाउनमा मद्दत मात्रै गरिरहेको छैन, यसले अर्थव्यवस्थालाई पनि सहारा मिलिरहेको छ । 

स्मार्टफोन र सामाजिक सञ्जाललाई लिएर हामीले प्रायजसो चेतावनीले भरिएका सल्लाह पाइरहेका हुन्छौँ र जतिसक्यो कम प्रयोग गर्ने सल्लाह पाउँछौँ । तर, आज हामी जतिबेला एक महामारीको सामना गरिरहेका छौँ, यस समय प्रविधि जीवन बचाउन एक महत्वपूर्ण भूमिका खेल्ने साधनको रुपमा साबित भइरहेको छ । 

सोच्नुहोस् त यदि यो महामारी सन् २००५ को समयमा आएको भए कस्तो स्थिति हुन्थ्यो होला । त्यस समय न त ब्रान्डबैन्ड थियो, न स्मार्टफोन , न त विभिन्न खाले टुल्स र एप्स नै थिए । त्यस समय हाम्रो सामना यस महामारीसँग भएको भए सायद हाम्रो समस्याले आकाश छोइसकेको हुन्थ्यो । 

मलाई अझै पनि त्यो समय सम्झना छ, अब अमेरिकी राष्ट्रपति केनेडीलाई गोली हानी हत्या भएको खबर फैलिएको थियो । मलाई बर्लिनको पर्खाल भत्किएको र सेप्टेम्बर ११ को घटनाहरु पनि सम्झना छ । तर, हाम्रो दैनिकीमा जति ठूलो असर यस कोरोना महामारीले पारेको छ, त्यति त यीमध्ये कुनै पनि घटनाले पारेको थिएन । 

आज म भिडियो कन्फ्रेन्सको माध्यमबाट आफ्नो सहयोगीहरुसँग कुरा गर्न सक्छु । फेसटाइमको माध्यमबाट लण्डनमा एक फ्याटमा फँसेको आफन्तको हालचाल जान्न सक्छु र आफ्नो सामाजिक सञ्जालमा पनि लेख्न सक्छु । तर यो भाइरस सन् २००५ तिर स्मार्टफोन सुरु हुनअघि आएको भए सायद परिस्थिति नै बेग्लै हुन्थ्यो । 

आज हामी फरक–फरक कामका लािग जति डिजिटल उपकरणको प्रयोग गर्छौँ त्यस समय सायदै कुनै पनि उपलब्ध थिएन । त्यस समय फेसबुक एक वर्ष मात्रै पुगेको थियो । यो अमेरिकाको एक विश्वविद्यालयबाट सुरु भएको थियो र यस वर्ष बेलायतका केही विश्वविद्यालयसम्म मात्रै पुगेको थियो । 

इन्स्टाग्राम र व्हाट्एपको बारेमा कसैले पनि सोचेका थिएनन् । सामाजिक सञ्जालको बारेमा चर्चा त टाढाको कुरा थियो । यद्यपि, धेरै मानिस फ्रेन्ड्स युनाइटेडको माध्यमबाट आफ्ना पुराना साथीसँग कनेक्ट भइरहेका थिए, जतिबेला यसलाई सन् २००५ मा आइटिभीले किनेको थियो । 

त्यही वर्ष युट्युबको जन्म भएको थियो । यसको अर्को वर्ष ट्विटर अयो । सन् २००७ मा एप्पलले आफ्नो पहिलो स्मार्टफोन लञ्च गर्यो । 

१५ वर्षअघि करिब ८० लाख घरमा ब्रान्डबैंड कनेक्सन थियो । यसको डेस्कटप कम्प्युटर १० एमबिपिएस (मेगाबाइट पर सेकेन्ड)को अधिकतम गतिमा चल्न सक्थ्यो । यसको अर्थ एक एल्बमलाई डाउनलोड गर्न करिब डेढ मिनेटको समय लाग्थ्यो । करिब ७० लाख परिवार त्यस सयम डायल–अप कनेक्शनको माध्यमबाट निक्कै राम्रो इन्टरनेटसँग जोडिएका थिए । 

यसको अर्थ जो सेवाहरु आज हाम्रो लागि निक्कै महत्वपूर्ण छन् त्यस समय यी चीजको परीक्षण गरिँदै थियो । 

'लडाउन'को समयमा रोकिएन व्यापार:
स्काइपको सुरुवात सन् २००३ मा एस्टोनियाली नागरिक आन्त्रप्रेन्योर्सले गरे । तर, र्यो क खाली इन्टरनेट टेलिफोन तथा कन्फ्रेन्स कल सेवा मात्रै थियो । यसमा भिडियो सन् २००६ मा आएर जोडियो । 

त्यस समय यदि तपाई कसैसँग भिडियो च्याट गर्न चाहानुभयो भने त्यसका लागि महंगो उपकरणहरुको आवश्यकता पर्दथियो । तर अहिले फ्रेसटसटाइम र व्हाट्सएपको माध्यमबाट जो कोही आफ्नो परिवार र साथीभाईसँग कुरा गर्न सक्छन् । 

हामी ‘जुम’ र ‘ब्लूजिन्स’जस्ता सेवाको खोज गरिरहेका छौँ । हालसम्म लगभग ‘एक्सक्लुसिभ’को रुपमा व्यापारिक ग्राहकको रुपमा प्रयोग गरिने ‘जुम’ पछिल्लो साता एक पटक एप्पल स्टोर चार्टमा टिकटकपछि दोश्रो नम्बरमा आएको थियो । 

आज बेलायतको ९६ प्रतिशत घरमा ब्रोडबैंड इन्टरनेट कनेक्सनको औसत डाउनलोड गति ५४ एमबिपिएस छ । जसका कारण लाखौँ मानिस आज कार्यलयको ठाउँमा आफ्नो घरबाटै काम गर्न सकिरहेका छन् । 

दुई दशकअघि कार्यलय बाहिर पनि हामी काम गर्न सकिने जुन अनुमान लगाइएको थियो, अन्ततः त्यो वास्तवकितामा परिणत भयो । तर यस्तो सम्भवन हुनुमा आज हामीसँग भएका कनेक्टिभिटी र थुप्रै प्रकारका यस्ता उपकरणले गर्दा हो, जसले हामी कार्यलय नगईकन पनि काम गर्ने ऊर्जा दएको छ ।

आफ्नो घरबाटै अमेरिकामा रहेको आफ्नो बोससँग भिडियो कन्फ्रेन्समा कुरा गर्नसक्छु वा आफ्नो सहयोगीहरुसँग स्टोरीका बारेमा चर्चा गर्नसक्छु । 

लकडाउनका कारण अर्थव्यवस्थामा निक्कै गहिरो असर परिरहेको कुरा वास्तविक हो, तर सोच्नुहोस् त प्रविधि नहुनु भने अझ कति खराब हुन सक्थ्यो ? 

अनलाइन सपिङको मामिलामा ओकाइडो वा टेस्को.कमको सेवाहरु त्यस समय केही वर्षसम्म थियो, तर यसको रिटेल सेल्समा खाली तीन प्रतिशत थियो । 

आज यसको सेल्समा करिब २० प्रतिशत हिस्सेदारी छ र हालै दुवैमा डेलिभरी भ्यानको फ्लिट र ड्राइभरको हाम्रो जिन्दगीमा कति महत्वपूर्ण भएको छ भन्ने हामी देख्न सक्छौँ । 

‘लकडाउन’का बीच पढाईमा नयाँ बाटोः
थुप्रै देशमा कोरोनाको कहरका कारण विद्यालय बन्द भएपछि लाखौँ बालबालिका घरमै बढिरहेका छन् । यस्तोमा अनलाइन प्लाटफर्ममा पनि दबाब बढिरहेको छ । 

‘एडुटेक’लाई लिएर सन् २००५ मा पनि निक्कै चर्चा चलेको थियो, तर यसको ठूलो हिस्सा विद्यालयमा आइटी सिस्टमलाई सुधार गर्नसम्म सीमित थियो । त्यति बेलासम्म कसैले पनि सोचेका थिएनन् कि ायस्तो पनि समय आउने छ, जहाँ बालबालिका घरबाटै पढ्न सक्छन् । त्यस समय न त बालबालिकासँग कम्प्युटर थियो न त ब्रोडबैंड कनेक्शन नै । 

जहाँ सम्म मनोरञ्जनको विषय छ फ्ल्याट स्क्रिन टेलिभिजनले त्यस समय बजारमा कदम राखेको मात्रै थियो र हाई–डेफिनेशन टिभी आविष्कार भइरहेको थियो । तर यो टिभी इन्टरनेटसँग जोडिएको थिएन । यसको अर्थ कुनै स्ट्रिमिङ सर्भिस पनि थिएन । साथै अनलाइन योग गर्ने पनि कुनै संकेत नै थिएन । 

जसरी स्मार्टफोन र सामाजिक सञ्जालले हाम्रो जिन्दगीमा असर पारिरहेको छ, त्यसलाई लिएर हालै निक्कै चिन्ता व्यक्त गरिएको छ । अनलाई मित्रताबाट हामी ठगको शिकार बन्न सकिने , आमुने–सामुने सम्पर्कभन्दा राम्रो अर्को कुनै विकल्प नरहेको, पुरै दिन स्क्रिनसँग टासिरहनु स्वास्थ्यका लागि राम्रो नभएको बताइएको छ । 

तर, आजको संकटलाई मध्यनजर गर्दा प्रविधि र उपकरणको माध्यमबाट यस संकटबाट माथि उठ्न मद्दत गर्न सकिन्छ भन्न सकिन्छ । यदि सही तरिकाले प्रयोग गरियो भने जिन्दगी बचाउनमा पनि प्रविधि निक्कै महत्वपूर्ण प्रमाणित हुनसक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर