कोरोना परीक्षण प्रयोगशालाका उपकरणहरू धनगढी पुगे

धनगढी । कोरोना परीक्षण प्रयोगशालाका उपकरणहरू धनगढी आइपुगेका छन् । केन्द्र सरकारले चीनबाट खरिद गरेर पठाएका उपकरणहरू केहीबेर अघि मात्रै धनगढी आइपुगेका हुन् ।

प्रयोगशालाका उपकरण र पाँच जना स्वास्थ्य कर्मी सहितको टोली धनगढी आइपुगेको छ ।

बुधवारबाट प्रयोगशालाको काम अघि बढ्ने सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर