स्वास्थ्य सामाग्री प्रदेश पाँचका जिल्ला–जिल्लामा पठाइयो

बुटवल । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश ५ मा ल्याइएका स्वस्थ्य सामाग्रीहरु जिल्ला-जिल्लामा पठाइएको छ । 

प्रदेश पाचका मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरवहादुर केसीका अनुसार चीनबाट ल्याइएको र मंगलवार काठामाडौंबाट आएको स्वास्थ्यजन्य सामग्री मंगलवार नैै सबै जिल्लामा पठाइएको छ । ती सामग्री चार वटा आइसोलेसन अस्पताल, १२ वटा जिल्ला अस्पताल, चिसापानी, लमही, बहादुरगञ्ज र पिपरा अस्पतालमा वितरण गरिएको छ । 

जसमा मास्क २१ हजार ६ सय ,एन नाइन्टी फाइभ मास्क २ सय ८० थान पठाइएको छ । त्यस्तै अन्य स्वस्थ्य सामाग्रीहरु पनि पठाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर