• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

गुगोलले यो वर्ष ‘अप्रिल फुल’ नमनाउने 

काठमाडौं । आज  अर्थात् ‘अप्रिल फूल’ अप्रिल १ गते । आजको दिन विशेष गरी मान्छेहरु एक अर्कालाई झुक्काएर तथा ठट्टा गरेर रमाउने गर्छन् ।

तर यो वर्षको ‘अप्रिल फूल’ निकै नरानइलने समयमा परेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण हजारौँ मानिसहरुको निधन भइरहेको छ भने लाखौँ मानिस यस भाइरसको सिकार भएका छन् । चिन्ता र शोकमा डुबेको समया अप्रिल फूल मनाउनु राम्रो होइन । 

यही चिन्तालाई इन्टरनेट जाएन्ट गुगलले पनि ध्यानमा राखेर यो वर्ष अप्रिल फूल नमनाउने निधो गरेको छ ।समाचार अनुसार गुगलले यो वर्ष अप्रिल फूल दिवसको प्रान्क रद्द गरेको छ । गुगलको मार्के्टिङ विभागका प्रमुख लोरिन टुहिलले कम्पनीका कर्मचारीहरुलाई इमेलमार्फत् पत्राचार गर्दै गुगलले यस वर्ष अप्रिल फूल नमनाउने बताएको छ । 


गुगलले दुई दशकदेखि अप्रिल फूल मनाउँदै आएको छ । अप्रिल १ को दिन आफ्ना विभिन्न प्लाटफर्महरुमा गुगलले प्रांक गर्ने गर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर