• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मार्टिनेज बार्सिलोना वा रियल मड्रिडमा अनुबन्ध हुन सक्ने

एजेन्सी । स्पेनिस महारथी क्लबहरु बार्सिलोना र रियल मड्रिडले ईन्टर मिलानका स्टार लौटारो मार्टिनेजलाई अनुबन्ध गर्ने ईच्छा देखाएका छन् । मार्टिनेजका एजेन्ट बेटो येकले यसको पुष्टि गर्दै स्पेनिस दुई महारथी क्लबले मार्टिनेज अनुबन्धमा चासो देखाएको बताएका हुन् ।

२२ बर्षका सेन्ट्रल फरवार्ड मार्टिनेज यसै सिजन ईन्टर आएका थिए । उनले सबै प्रतियोगितामा १६ गोल समेत गरेका छन् । सिरि ए फुटबलमा मार्टिनेजले देखाएको प्रभावका कारण युरोपका ठुला क्लब उनलाई अनुबन्ध गर्न चाहन्छन् ।

उनका एजेन्ट बेटो येकले धेरै क्लबसंग छलफल चलिरहेको भन्दै उपयुक्त विकल्प छनोट गरिने बताए । यो भन्न सकिन्छ, बार्सिलोना र रियल मड्रिडले मार्टिनेजलाई चाहेका छन् । तर यसले उनलाई प्रभाव पार्दैन ।’ येकले भनेका छन्, ‘अरु खेलाडी भएको भए रातमा सुत्न सक्दैन थिए ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर