सरकारले पेट्रोल मट्टितेल तथा डिजेलको मूल्य १० रुपैंया घटायो  

काठमाडौं । नेपाल सरकारले ईन्धनको मुल्यमा भारी कटौती गरेको छ । आयल निगम लिमिटेडले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । कोरोना भाइरस संक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उच्च गिरावट अनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।

१ अप्रिल २०२० मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।


काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर