• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

भाग्य र संयोगले बँचेका छौं, देशले थेग्न नसक्ने अवस्था आउन सक्छ

लकडाउनको समय सही, उपयोगमा ढिला भयोः 
‘लकडाउन’ को अर्थ समय किनिएको हो । केही मिशन सफल पार्न यसको ठूलो महत्व हुन्छ । अहिले सरकारबाट जुन निर्णय भएको छ, यो ठीक समयमा भएको सही निर्णय हो । यो किनिएको समय सीमाभित्र हामीले के कति काम ग¥यौं भन्ने विषयले लकडाउनको महत्व बुझाउँछ । लकडाउन महामारी नियन्त्रणका लागि किनिएको समय हो । जसलाई आम नेपाली जनताले आफ्नो पनि सुरक्षा हो, भनेर सरकारलाई साथ दिइरहेका छन् । 

विश्वभरी फैलिएको यो नोवेल कोरोना भाइरस ‘कोभिड–१९’ अहिलेसम्म नेपालमा पाँच जनालाई मात्रै देखिएको छ । यो भाइरस सर्ने प्रक्रिया ‘ज्यामितीय’ अर्थात् गुणात्मक रुपमा फैलिएको छ । अहिलेसम्म यहाँ देखिएका पाँचै संक्रमित विदेशबाट आएका हुन् । विश्वमा महामारीको रुप लिईसक्दा चैत्र ४ गतेसम्म कति विदेशी र नेपाली नेपाल भित्रिए रु सिधै अनुमान गर्न सक्ने विषय हो । नेपाल भित्रिने सबैमा संक्रमण थिएन त रु भन्ने प्रश्नले अहिले डर पैदा गरिरहेको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य ज्वरो नाप्ने थर्मामीटरले जाँचेर मात्रै हुँदैन । ती पाँच संक्रमितहरुलाई पनि विमानस्थलमा अन्यलाई जाँच्ने थर्मामीटरले ज्वारो नापेरै नेपाल छिरेका हुन । तर, पछि उनीहरुमा कोरोना पोजेटिभ देखियो । यो यर्थात हेर्दा उनीहरुसँग को, कति जना आए उनीहरुलाई समेत सरकाले सम्पर्क गर्न सकेन । कम्तिमा ती व्यक्तिहरुलाई खोजेर परिक्षण गर्ने र क्वारेन्टाइनमा राख्न सकेको भए यसरी मान्छे त्रासित हुने अवस्था आउने थिएन ।

जनताले साथ दिएका छन् । सरकारलाई आफ्नो काम गर्न सदन र सडकबाट पनि सहज अवस्था छ । कम्तिमा यो एक साताको लकडाउनमा ७÷८ हजार मान्छेको परिक्षण गर्नुपर्ने थियो । फागुनदेखि यता चैत ४ गतेसम्म विदेशबाट आएका नागरिकको ट्रयाक राखेर उनीहरुको मात्रै परिक्षण गर्न सकेको भए ठूलो उपलब्धि हुने थियो । गर्न सक्ने काममा पनि सरकार एकदम ढिला सुस्ति गरिरहेको छ । 

अन्तर्राष्ट्रिय उडानबाट नेपाल छिर्ने मार्ग एउटै छ, त्रिभुवन विमानस्थल । त्यहाँ सबैको विवरण राखिएको हुन्छ । विश्वभरी महामारी फैलिएको बेला झन् चनाखो हुनुनपर्ने बेला हो । उनीहरुलाई सम्पर्क गर्न त्यस्तो गाह्रो काम होइन । तर, स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर सम्पर्क गरिराखेका छौं मात्रै भन्छ । के कति क्वारेन्टाइनमा छन् । संक्रमित चढेको जहाजको कति जनाको स्वाब परिक्षण गरियो भन्न सकेको छैन । 

चीनबाट मेडिकल यन्त्रहरु आइपुगेको तीन दिन भइसक्यो । ती यन्त्रहरु युद्धस्तरमा जडान गरेर सबै प्रदेशमा परिक्षण शुरु गर्नुपर्ने थियो । तर, आजका दिनसम्म चीनबाट आएको परिक्षण गर्ने यन्त्रबाट काम शुरु भयो भन्ने सुनिएको छैन । भोली महामारी फैलिसक्यो भने हाम्रो यस्तो प्रणाली भएको देशले थेग्न सक्दैन । हामीले जति धेरै परिक्षण गर्न सक्छौं त्यसैको आधारमा हाम्रो कुन समुदायसम्म संक्रमण पुगेको छ वा छैन भन्ने तथ्यमा पुग्न सक्छौं ।
.................
‘भगवान, भाग्य’ र संयोगले बँचेका छौंः
नेपालमा चैत्रसम्म नियमित उडान भयो, जवकि राष्ट्र संघले कोरोना महामारी भनेर घोषणा गरिसकेको थियो । तर, हाम्रा माननीयज्यूहरु भिमसेनदास प्रधानइसहित विदेश घुमिरहनु भएको थियो । माननीय पर्यटन मन्त्रीज्यूले नै केही निजामति कर्मचारी र पत्रकारहरुलाई जापान घुमाईराख्नु भएको थियो ।   यी यर्थातता हेर्दा हामीले कुन ‘सिस्टम’को फ्लो ग¥यौं रु भन्ने सवाल हो । त्यहाँबाट फर्किएर आएकाहरु कोही पनि क्वारेन्टाइनमा बसेनन् । खुलमखुला झन् ठूला स्वर गरेर हिंडे । उहाँहरु जुन–जुन देश घुम्नु भएको थियो, त्योबेला त्यहाँ कोरोना संक्रमण तीब्र गतिमा फैलिंदै थियो । 

मान्नेले भगवान मानुन्, विश्वास गर्नेले भाग्यले भनुन्, हामी जस्ताले भन्ने संयोगले हो हामी बँचेको । तर, यही भरोसामा बस्यौं भने भोली ठूलो महामारीको चपेटामा पर्न सक्छौं । भोलीका दिनमा आइलाग्ने महामारीका लागि हामीले पूर्व तयारीमा कुनै कञ्जुसाइँ गर्नु हुँदैन । सरकारले आफ्नो क्षमता प्रर्दशन गर्ने मौका पनि हो । तयारीलाई तीब्रता दिनुको विकल्प छैन । माथि उल्लेख गरिए जस्तो नेपालमा कोरोनाको परिक्षण कम भयो । कम किन भयो भन्ने प्रश्नको जवाफ अस्पतालमा मान्छे परिक्षण गर्नै आएका छैनन् भन्ने होला ।

– एयरपोर्टमा त्यही थर्मामिटरले जाँचेका मध्येमा नै संक्रमण देखियो ।
– ठीक समयमा ठीक निर्णय हो लकडाउन ।
– चीनबाट आएका यन्त्रबाट परिक्षण गर्न किन ढिलाई ?
– कुनै पनि अस्पतालमा ज्वरो, रुघा–खोकीको चाप छैन ।
– आर्थिक राहत प्याकेज वार्षिक बनाएर रोजगारी दिऊँ ।

यसैलाई संयोग के मान्नुपर्छ भने प्रदेश, स्थानीय र सामुदायिक अस्पताल, स्वास्थ्य चौकीहरुमा ज्वरो, रुघा–खोकीका विरामीको चाप छैन । यसबाट हामीलाई केही राहत मिलेको छ । संक्रमित कोही छैनन् । लकडाउनको समयमा राज्यको सम्पूर्ण संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर यो महामारीबाट मुक्त हुनुपर्छ । यसमा सबै पक्षको साथ, सहयोग अनिवार्य छ । 
..................

एक वर्षका लागि आर्थिक स्रोत योजनाको खाँचोः
सरकारले जुन आर्थिक प्याकेज अघि सारेको छ । यो उपयुक्त निर्णय हो । यो उपयुक्त निर्णय तत्कालका लागि मात्रै हो । लकडाउनबाट मारमा परेका समुदाय केन्द्रित यसले उनीहरुलाई केही राहत मिल्छ । यद्यपी लक डाउन विस्तारै खुल्दै जाँदाको विकल्प के भन्ने जनतासँग छैन । विश्व बैंक लगायतले यस बारे तथ्य सार्वजनिक गरिरहेका छन् कि लाखौंको मजदुरी गुम्छ भनेर ।

महामारी विश्वभरी नै नियन्त्रणमा आए पनि हिजोको जस्तो सहज परिस्थिति सृजना गर्न केही समय लाग्छ । आर्थिक रुपमा विश्व नै धरापमा पर्दैछ । लाखौं मजदुर सडकमा आउने अवस्था छ । हाम्रो जस्तो तेस्रो मुलुकबाट मध्यपूर्व, भारत लगायतमा गएर काम गरी परिवार पाल्नेको हालत के होला रु यस बारे सरकारले कम्तिमा पनि अस्थाई रुपको वार्षिक आर्थिक योजना बनाउनु पर्छ ।

आज सुनिएका आवाजहरु नेपाल–भारत सीमामा हजारौं नेपाली रोकिएका छन् । उनीहरु भारतमा घुम्न गएका हैनन् । त्यहाँ मजदुरी गरेर नेपालमा रहेका आफ्ना परिवार पाल्ने जनता हुन । रेमिट्यान्सले धानेको हाम्रो समाज अहिले रेमिट्यान्स आउन ठप्पै छ । हाम्रो समाजमा यसले पार्ने असरको कसैले अनुमान गरेकै छैन ।

सामान्य अवस्था भए पनि मुलुक पुरानै लयमा फर्किन केही समय लाग्छ । हाम्रो आम्दानी मानिएको पर्यटन व्यवसाय पुरै ध्वस्त छ । विदेशबाट पर्यटक पनि आउँदैनन् । उडानहरु सबै रोकिएका छन् । उडान भइहाले पनि यात्रु पाउन गाह्रो छ । हाम्रोमा आउने पर्यटक भनेका विदेशी नै हुन । पैसा आउने भनेको रेमिट्यान्सबाटै हो । अबका दिनमा हामी सजग रहँदै अघि बढ्ने हो । महामारी कहिले आउँछ भन्ने समय हुँदैन । सामाजिक दुरी टाढै राखेर हामीले पुराना जीवनशैलाई विर्सेर नयाँ ढंगले सोँच्नुपर्छ । भोज, भतेर, पाटी जस्ता सामाजिक मान्यताका कामहरुलाई केही समय थाँती राखेर विश्वभरीको महामारीको चपेटाबाट उठ्नु पर्छ । 
 
हाम्रो समाजमा बाँच्ने ठूलो आधार भनेको खुद्रा व्यापार हो । यो ठूलो हिस्सा अबका दिनमा आइलाग्ने आर्थिक मन्दीले ध्वस्त हुने अवस्थामा छ । मुलुक बाहिर रहेका लाखौं युवा सहज परिस्थिति हुँनासाथ आफ्नो पुरानो देश फर्किन्छन । विदेशमा उनीहरुको रोजगार गुम्दै गइरहेको छ । विश्व अर्थतन्त्रमा देखिंदै आएको मन्दीको प्रभाव हाम्रो समाजमा स्वतः पर्नेछ  । अहिले भारतमा काम गरेर परिवार पाल्नेहरु धेरै घर फर्किसकेका छन् । अबका दिनमा उनीहरुको आम्दानी के रु कहाँ जान्छन काम गर्न रु

यो महामारीबाट भारतमा पनि ठूलो आर्थिक मन्दी आउने प्रष्टै देखिएको छ  
समाजमा बढि मारमा परेका समुदायलाई लक्षित गरेर कम्तिमा सरकारले एक वर्षे विशेष आर्थिक प्याकेज लिनुपर्छ । अहिलेको बजेटमा देखाइएको आम्दानीको स्रोत सबै बन्द भएको देखिन्छ कोरोनाको महामारीका कारण । यही पुरानो योजनाबाट मुलुकले आर्थिक स्रोत जुटाउन सक्दैन । 

अहिलेको आर्थिक बजेटको योजना बाहेक छुट्टै कम्तिमा एक वर्ष मुलुकभित्रै लाखौं युवाले रोजगार पाउने आर्थिक राहत प्याकेज बनाउनुपर्छ । उनीहरुलाई रोजगारी दिने ठाउँ पूर्वाधार निर्माण नै हो । ती पूर्वधारहरु राष्ट्रिय गौरवका परियोजनामा गाँसेर उनीहरुको श्रम जोड्नुपर्छ । श्रम अनुसार उनीहरुको आयआर्जन बृद्धि हुनेछ । यो लकडाउनकै समयमा स्वास्थ्य मन्त्रालय, अर्थमन्त्रालय, रक्षा, गृहले कोरोनाको रोकथाममा जनशक्ति परिचालन गरेको छ । उनीहरुको आफ्नो डियुटी पुरा गर्ने जिम्मेवारी हो । यता दिर्घकालीन रुपमै समस्या हल गर्न योजना तय गर्नका लागि सरकारले एउटा विज्ञ अथवा थिङ्कट्याङ्क बनाएर एक वर्षे आर्थिक राहत प्याकेजको तयारीमा जुट्नुपर्छ । 

(नेपाली कांग्रेस काठमाडौं– ४ का सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापासँग कुराकानीका आधारमा उजिर मगरले तयार पारेको लेख ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर