हिरासतको  झ्याल उप्काएर भागे ३ जना थुनुवा भागे

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा भागेका छन ।

राति १ बजे तीन जना थुनुवा हिरासतको झ्याल उप्काएर भागेका हुन् ।

लागुऔषध कारोबार अभियोगमा पक्राउ परेका तीन जना राती भागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिमिल्सेनाका अनुसार भाग्नेहरुमा वीरेन्द्रनगर–६ का सन्दीप कसेरा, वीरेन्द्रनगर–६ का रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का सुनिल थारु रहेका छन् ।

उनीहरु तीनै जना लागुऔषध कारोबार अभियोगमा पक्राउ परेको डिएसपी तिम्सिनाले समचार दैनिकलाइइ जानकारी दिए ।

कसेरा २०७६ फागुन २५ गते पक्राउ परेका थिए भने सुनिल थारु चैत १६ गते पक्राउ परेका थिए। रेग्मी २०७६ साउन १६ गते पक्राउ परेका थिए ।

उनीहरुको खोजी कार्य जारी रहेको डिएसपी तिम्सिनाले बताए ।

थुनुवा झ्याल नै उप्काएर भाग्दा पनि प्रहरीले भने बिहान मात्र थाह पाएको थियो । यसमा भएको लापरबाही बारे खोजी गरिने डिएसपी तिम्सिनाले बताए ।

‘केही समयपछि हामीलाई हेडक्वाटरबाट निर्देशन पनि आउनेछ, त्यसअनुसार प्रदेशस्तरीय छानविन समिति हामी गठन गर्छौं’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर