जलेको अवस्थामा जंगलमा मृत फेला

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक जंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् ।

मंगलवार देखि हराईरहेका बृद्ध चुहानडाँडा स्थित लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा बुधवार दिउँसो २ बजे फेला परेका हुन् ।

मंगलवार सो जंगलमा आगलागी समेत भएको बताईएको छ ।

घटनाको जानकारी पाएसंगै ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परीक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर