धनगढीमा ‘लकडाउन’ को व्यापक उल्लंघन

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सरकारले जारी गरेको ‘लकडाउन’ को व्यापक उल्लंघन हुन थालेको छ ।

राजधानीवासीले सरकारले जारी गरेको लकडाउन र स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्ने क्रम ह्वात्तै बढेको हो । बिहिवार विहानैदेखि धनगढी बजार क्षेत्रमा समेत निर्वाध रुपमा आवतजावत भईरहेको छ ।

स्थानीय प्रशासनले अत्यावश्यक कामका लागि मात्रै आवतजावतको अनुतमी दिएपनि राजधानीवासीले भने कोरोना रोकथामका लागि जारी गरिएको लकडाउनको उल्लंघन गर्दै निर्वाध रुपमा आवागमन गरिरहेका हुन् । अहिले पनि राजधानीवासी विभिन्न बहाना बनाएर बजार क्षेत्रमा डुलिरहेका छन् । धनगढीको ट्राफिक चौराहदेखि क्याम्पसचोक सम्म सबैभन्दा बढि उल्लंघन बढेको छ भने धनगढीका ग्रामिण क्षेत्र सुनसान छन् ।

सहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रका स्थानीयले लकडाउनको पालना गरेका छन् । बैंक तथा वित्तिय संस्था, किराना पसल, मासु पसल र तरकारी पसल निर्वाध रुपमा सञ्चालन भईरहेका छन् । खाद्यान्न ढुवानीमा पनि कुनै अवरोध गरिएको छैन् ।

स्थानीय प्रशासनले मंगलवारदेखि लकडाउनमा कडाई गरिएको जनाएको थियो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैलालीमा लकडाउनसंगै निषेधाज्ञा पनि जारी नै रहेकाले अवज्ञा गर्नेलाई ६ महिना कैद समेत हुन सक्ने बताएका थिए । तर अवज्ञा बढेपनि स्थानीय प्रशासनले कडाई गर्न सकेको छैन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर