बेलबारीका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा विपद ब्यवस्थापन कोषलाई दिने

मोरङ । मोरङको बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिना बराबरीको सेवा सुविधा नगरपालिकाको नाममा रहेको बिपद ब्यबस्थापन कोषलाई दिने निर्णय गरेका छन् ।

बिहीवार नगरकार्यपालिकाको वैठक वसेर कोषमा दिने निर्णय गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । 

बेलबारीमा ६० जना जनप्रतिनिधिहरु रहेका छन् । 

यसैगरी छैटोे वा सोभन्दा माथिका कर्मचारीको खाइपाइ आएको १५ दिनको तलब र छैटो भन्दा तलका कर्मचारीको १० दिनको तलब राहत कोषमा राख्ने निर्णय भएको मेयर सुवेदीले बताए ।

नगरपालिकाले यस अघिनै विपद ब्यवस्थापन कोषमा १५ लाख जम्मा गरीसकेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहाले बताए । एनएमवि बैक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११मा राजनितिक दल, गैरसरकारी संघसस्था, निर्माण ब्यवसायी वित्तिय संघसंस्थाहरु ,समुह तथा ब्याक्तिहरुलाई सहयोग गरीदिन समेत नगर कार्यपालिकाको वैठकले आग्रह गरेको छ । 

विभिन्न देश बाट आएका ९० जना भन्दा वढिको तथ्याक सकलन गरीसकेका छौ मेयर सुवेदीले भने दैनिक तिनिहरुको स्वास्थय अबस्था बुझने देखी कोरोना भाइरस रोक्नथाका लागि भिडभाड हुने स्थानमा औषधीहरु छर्केने काम समेत भइरहेको छ । नगरपालिकाले १५ बेडको आसोलेसन समेत बनाइसेको छ ।  

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समिति समेत गठन गरीसकेको नगरपालिकाले राहत प्याकेज समेत घोषणा गरीसकेको छ ।नगरपालिकाले सर्वदलिय वैठक बोलाएर नगरसमन्वय समिति गठन गरेको हो ।

राहतका लागि नगरपालिकाले १५ देखी २५ किलो चामल, १ किलो नुन, डेढकिलो सम्मद  र एक डल्ला साबुन दिने समेत निर्णय गरेको छ । ४ जना सम्मको परिवारलाई १५ किलो तथा तहाँ भन्दा वढिको परिवारलाई २५ किलोको दरले राहत दिने नगरपालिकाको कार्यालयले जनाएको छ । 

बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोष एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको खाता न. १०१२५६९० मा स्थानिय राजनितिक दल, गैरसरकारी संघसस्था, निर्माण व्यवसायी, वित्तिय संघसंस्थाहरु, समूह तथा ब्याक्तिहरुलाई राहत वितरणका लागि रकम जम्मा गरी सहयोग गरिदिन नगरपालिकाले अनुरोध गरेको छ ।

राहत कोषमा सहयोग गर्नेहरुको बेलबारी नगरपालिकाको वेबसाइट, सामाजिक संजाल  तथा संचार माध्यमहरुमा नामा प्रकाशन प्रसारण समेत गर्ने नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिकका संयोजक तथा नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहाले बताए ।  

यस्तै उक्त बैठकले एकद्धार प्रणालि भन्दा वाहिर गई राहत वितरण गर्ने कार्य गरेमा स्थानिय जनप्रतिनिधि र सुरक्षा निकायबाट समन्वय गरेर त्यस्ता राहत सामाग्रि जफत गर्ने समेत निर्णय समेत गरेको छ । राहतका लागि नगरपालिकाले १५ देखी २५ किलो चामल, १ किलो नुन, डेढकिलो सम्मद  र एक डल्ला साबुन दिने समेत निर्णय गरेको छ । ४ जना सम्मको परिवारलाई १५ किलो तथा तहाँ भन्दा वढिको परिवारलाई २५ किलोको दरले राहत दिने समितका संयोजक तथा नगरपालिकाका मेयर सुवेदीले बताए । 

यसैगरी नगरपालिकाले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण वडा समन्वय समिति समेत गठन गरीएको छ । वडाअध्यक्षको संयोजकतोमा समिति गठन गरीएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर