थुनुवा प्रकरणमा एसपी रावलको नेतृत्वमा छानबिन समिति गठन, ५ दिनभित्र प्रतिवेदन बुझाउने 

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट बुधवार राति ३ जना थुनुवा फरार भएको प्रकरणमा छानबिन शुरू भएको छ ।

लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका अभियुक्तहरू फरार भएको समाचार सार्वजनिक भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले प्रहरी उपरीक्षक एसपी भोलाबहादुर रावलको संयोजकत्वमा छानबिन समिति गठन गरेको बताए ।

समितिको सदस्यमा डीएसपी लोकनाथ तिमिल्सेना, प्रहरी निरीक्षक सुरजबहादुर खड्का, प्रहरी नायब निरीक्षक अम्मर रावत र प्रहरी सहायक निरीक्षक प्रेम शर्मा रहेका छन् ।

बुधवार राति जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा भागेका थिए । राति १ बजे तीन जना थुनुवा हिरासतको झ्याल उप्काएर भागेका हुन् । लागुऔषध कारोबार अभियोगमा पक्राउ परेका तीन जना राती भागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिमिल्सेनाका अनुसार भाग्नेहरुमा वीरेन्द्रनगर–६ का सन्दीप कसेरा, वीरेन्द्रनगर–६ का रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का सुनिल थारु रहेका छन् ।

उनीहरु तीनै जना लागुऔषध कारोबार अभियोगमा पक्राउ परेको डिएसपी तिम्सिनाले समचार दैनिकलाइइ जानकारी दिए ।

कसेरा २०७६ फागुन २५ गते पक्राउ परेका थिए भने सुनिल थारु चैत १६ गते पक्राउ परेका थिए । रेग्मी २०७६ साउन १६ गते पक्राउ परेका थिए ।

उनीहरुको खोजी कार्य जारी रहेको डिएसपी तिम्सिनाले बताए ।

थुनुवा झ्याल नै उप्काएर भाग्दा पनि प्रहरीले भने बिहान मात्र थाह पाएको थियो । यसमा भएको लापरबाही बारे खोजी गरिने डिएसपी तिम्सिनाले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर