• बिहीबार २-१५-२०७७/Thursday 05-28-2020/ 07:03 am

निजी खर्चमा ढोरपाटनका प्रमुखद्वारा १ सय ७ घर परिवारलाई खाद्यन्न वितरण

बुर्तिबाङ । लकडाउनबाट प्रत्यक्ष असरमा परेकका ज्याला–मजदुरी र विपन्न वर्गका ६८ घर परिवारलाई ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीले खाद्यन्न समाग्री उपलब्ध गराएका छन् । प्रमुख नेपालीले आफ्नै व्यक्तिगत खर्चमा नगरभित्रका विपन्न परिवारलाई खाद्यन्न उपलब्ध गराएका हुन् । उनले १ सय ७ विपन्न परिवारको पहिचान भएकाले बाँकीलाई बिहीबार वितरण गर्ने जानकारी गराएका छन् ।

दुई दिनअघि आफ्नो घरहरुका भाडा मिनाह गरेर नमूना पेश गरेका प्रमुख आजदेखि खाद्यन्न बाँड्न शुरु गरेका हुन । आज पहिलो दिन ६८ घर परिवारलाई खाद्यन्न उपलव्ध गराइएको नगर प्रमुख नेपालीलेले समाचार दैनिकलाई बताए । 

आज वितरण गरिएका वडाहरुमा १ का १९ घरपरिवार, वडा नं २ का १३, वडा नं ३ का १२, वडा नं ५ का १०, वडा नं ६ का १० र वडा नं ७ का ९ मध्य ४ घर परिवार गरी ६८ घरपरिवारलाई खाद्यन्न सामाग्री उपलब्ध गराइएको नेपालीले जानकारी दिए ।

नगर प्रमुख नेपालीका अनुसार, बाँकी रहेका वडा नं ४, ७, ८ र ९ का ३९ घरपरिवारलाई घर÷घरमै पुगेर खाद्यन्न उपलब्ध गराईनेछ ।  प्रति घरपरिवार जिरा स्टीम चामल १ बोरा, दाल २ के.जी, चिनी १ के.जी, खाने तेल १ पोका, नुन १ के.जी, वाईवाई चाउचाउ ५ प्याकेट र स्वायविन (तरकारीका रुपमा प्रयोग गरिने) १ पोका रहेको छ ।   

‘तपाईँ हाम्रो वरपर ज्याला–मजदुरी गरेर पेट पाल्ने जग्गाजमिन र घरबार विहीनहरुको संख्या धेरै छ । उनीहरुलाई मजदुरी गरेर गुजारा चलाउनुको विकल्प छैन् । हुनेखाने परिवारमा त यसको प्रभाव देखिएको छ भने हुँदा खानेहरुको अवस्था कस्तो होला ? हामी आफैंले अनुभव गर्न सक्छौँ । त्यसैले आ–आफ्नो ठाउँबाट विपन्नहरुको सहयोगमा जुट्न पनि सबैमा अनुरोध गर्दछु’, नगरवासीलाई आव्हान गर्दै नेपालीले भने ।

ढोरपाटन नगरपालिकाले आफ्ना जनतालाई उचित उपचारको व्यवस्थासँगै उनीहरुलाई राहतको लागि निरन्तर प्रयासरत रहेको नेपालीले बताए । कोरोना भाईरस संक्रमणबाट आफू, आफ्नो समुदाय र देशलाई बचाउन र लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि घरभित्रै बस्न उनले आग्रह गरे । 

लकडाउनका कारण दैनिक गुजारामा समस्या भईरहेको अवस्थामा नगर प्रमुख नेपालीले खाद्यन्न सहयोग गरेको भन्दै प्रभावितहरुले खुशी व्यक्त गरेका छन् । ढोरपाटन नगरपालिका वडा नं. ६ का खड्क बहादुर पुनले भने– ‘लकडाउनले मजदुरी गर्न नपाएपछि सुख्खा दाल भात समेत खान नपाउने भएका छौँ, हामी जस्ता गरिवको चुलो बाल्न समेत धौधौ छ । यस्तो अवस्थामा मेयर ज्यूले खानेकुरा दिनुभयो हामी निकै खुशी छौँ ।‘

खाद्यन वितरण कार्यक्रममा ढोरपाटन नगरपालिका नगर कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, नगर प्रमुख नेपालीकी धर्मपत्नी छेला नेपालीसहित वडा अध्यक्ष, संचारकर्मीहरुको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आजको आवश्यकता: अध्यक्ष प्रचण्ड

  • १५ जेठ, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई

बिरामीको कोरोना संक्रमणबाट मृत्यु भएसँगै किस्ट अस्पतालमा उच्च सतर्कता

  • १५ जेठ, २०७७

काठमाडौं । ललितपुरमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको छ। किस्ट

कांग्रेस र मधेशवादी दलको शर्तका कारण संविधान संशोधन प्रस्ताव पेश हुन नसक्नु ‘दुर्भाग्य’–गौतम

  • १४ जेठ, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका युवा नेता विजय गौतमले संघीय संसदमा संशोधन प्रस्ताव पेश