• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भारतीय क्रिकेटर गौतम गम्भिरले राहत कोषमा दुई वर्षको तलब जम्मा गर्ने

नयाँ दिल्ली । भारतका चर्चित खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा गरेका छन् । 

सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद समेत रहेका गम्भीरले कोरोना सङ्क्रमण विरुद्धको लडाइमा टेवा पु¥याउन आफ्नो तलव दिने घोषणा गरेको बताएका हुन् । 

‘अहिले सरकारले मलाइ के दियो भनेर प्रश्न गर्ने भन्दा पनि आफुले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ,’ उनले बिहिबार भने । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह गरेका छन् । 

भारतमा बिहिवारसम्म कोरोना भाइरसको कारण एक हजार ९६५ जना संक्रमित भएका छन् । तिमध्ये १३१ जना पछिल्लो १२ घण्टामा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

कुल बिरामीमध्ये एक हजार ७६४ जना अझै पनि बिरामी अवस्थामा छन् भने ५० जनाको मृत्यु भइसकेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर