• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

छैठौं संक्रमित महिलालाई अस्पताल लान डराएर बागलुङका सीडीओले ‘लुकाए’ रेडक्रसका चालक

बागलुङ । रेडक्रस सोसाइटी बागलुङका एम्बुलेन्स चालक एकाएक फरार भएपछि कोरोना भाइरस संक्रमित पुष्टि भएकी महिला अहिलेसम्म धवलागिरि प्रदेश अस्पतालमा आउन सकेकी छैनन् ।

बागलुङ बजार अवस्थित अस्पतालबाट २ किलो मिटरमा रहेकी संक्रमित ६५ वर्षीय महिलालाई लिन जानुपर्छ भन्ने ‘डर‘ले ड्राइभर सम्पर्कबिहिन बसेका छन् । 

रेडक्रसको एम्बुलेन्स अस्पतालको पार्किङस्थलमा छोडेर ड्राइभर बेपत्ता भएको पत्रकार हरिनारायण गौतमले बताए । 

संक्रमित महिलालाई स्वास्थ्यमा खासै समस्या नभएको उनका छोराले चिकित्सकहरुसँग परामर्शमा रहेका छन् ।

बागलुङ नगरपालिका–३ गौडाकोट, तरकारी गाउँकी संक्रमित महिलालाई अस्पताल लिने बारे जिज्ञासामा प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले प्रष्ट जवाफ दिन सकेनन् । ‘गाडी गइसक्यो‘, उनले समाचार दैनिकलाई छोटो जवाफ दिए । 

‘कति नम्बरको गाडी ?’ भन्ने जिज्ञासामा सौजुले भने– ‘गाडीको व्यवस्था भएको छ (अक्मकाउँदै) ल्याउँदै छन् ।’

‘रेडक्रसको एम्बुलेन्स चालक त बेपत्ता भए भन्ने छ नि ?’ भन्ने अर्को जिज्ञासामा उनले भने– ‘अँ हो, व्यवस्था हुँदैछ है ।‘

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड प्रमुख जिल्ला अधिकारीकै सभापतित्वमा हुन्छ । दिउँसो बैठक बसेर सबै व्यवस्था गर्ने भने पनि सीडिओले नै चालकलाई भगाएको स्रोतले बतायो । 

तीन दिनअघि संक्रमित पुष्टी भएकी बागलुङकै अर्की युवतीसँग बेल्जियमबाट आज संक्रमित भएकी महिला एउटै सीटमा बसेर नेपाल आएकी थिइन् ।

स्थानीयका अनुसार उनीहरुको नाता समेत पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर