• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोरोनाका कारण बेल्जियमको शीर्ष डिभिजनको प्रो लिग रद्द

एजेन्सी । कोरोना भाईरसको कारण स्थगित बेल्जियमको शीर्ष डिभिजनको प्रो लिग रद्द हुने भएको छ ।

लिगको निर्देशक कमिटिले यस सिजनको लिग रद्द गर्ने निर्णय गरेको छ । र, कमिटिले बोर्ड बैठकमा पेश गरेको छ । आगामी अप्रिल १५ मा बस्ने बैठकले यस निर्णयलाई आधिकारिक रुपमा अनुमोदन गरिने बताईएको छ । यस लिग रद्द भए कोरोनाको कारण रद्द हुने युरोपको पहिलो शीर्ष लिग बन्नेछ ।

यस्तै कमिटिले यस सिजनको उपाधि लिग लिडर क्लब ब्रुगलाई दिने निर्णय समेत गरेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर