• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

कान्ति अस्पतालमा कति आइसीयू बेड खालि छ ? सुरु भयो रियल टाइम डिस्प्ले मोनिटर

काठमाडौं । कान्ति बाल अस्पतालमा आइसीयू बेड कति खाली छ भनेर रियल टाइम डिस्प्ले मोनिटर राखिएको छ । आइसीयूको विषयलाई लिएर अस्पतालमा विवाद हुने गरेको र विवादलाई न्यूनिकरण गर्न यस्तो प्रविधिको प्रयोग गरेको अस्पतालका निर्देशक डा. कृष्ण पौडेल बताउँछन् । 

‘कुन–कुन विधाका कति आइसीयू बेड छ ?  कति खाली छ ? कति प्रयोगमा छ  ? भनेर सबैले हेर्न गरी इमरजेन्सी अगाडी रियल टाइम डिस्प्ले मोनिटर राखेका छौं,’ उनले भने, ‘सबै स्पष्ट रुपमा देखिएपछि विवाद कम हुन्छ कि ।’

‘वेड पूरा भएको रातो देखिन्छ, खाली भएमा हरियो देखिन्छ’, डा. पौडेल भन्छन्,‘ डिस्प्ले मोनिटरबाट अब हेरेर विरामी र तिनका आफन्तहरुले निर्णय लिन सक्छन् ।’

कान्तिमा एनआईसीयू १२, एनआईएमसीयू १५, पीआईसीयू १०, पीआईएमसीयू ८, एसआईसीयू ७ गरी ५२ वेड छन् । एनआईसीयूमध्ये २ बेड कोरोना आईसोलेसनका लागि छुट्याइएको छ । त्यसैले अहिले १० बेड एनआईसीयू सञ्चालनमा रहेको छ ।

ह्याण्ड स्यानिटाइजरलाई खुट्टा
त्यस्तै, अस्पतालले हाण्ड सेनिटाइजरलाई खुट्टाले थिचेर प्रयोग गर्ने थालेको छ । 

हातबाट हुन सक्ने संक्रमणलाई केही हदसम्म कम गर्ने सकिने उदेश्यले सेनिटाइजरलाई खुट्टाले थिचेर प्रयोगमा ल्याइएको अस्पतालका निर्देशक डा. कृष्ण पौडेल बताउँछन् । 

‘साइकलको ब्रेक तार प्रयोग गरी खुट्टाबाट थिचेर सेनिटाइजर निकाल्न सकिन्छ’, डा. पौडेलले भने, ‘सबै वार्डमा प्रयोगमा ल्याउँछौ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर