• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको प्रति राजपाको आपत्ति

काठमाडौ. । संसदको विपक्षी दल राष्ट्रिय जनता पार्टी राजपाले स्वास्थ्य सामाग्री खरिदमा भएको भनिएको अनियमितताको विरोध गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै तत्काल सत्यतथ्य पत्ता लगाएर दोषिलाई कारबाही गर्न पनि माग गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, 'महामारीको वेलामा पनि सरकारद्वारा  अत्यावश्यक स्वास्थ्य सामग्रीहरु अहिलेसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दुस्खद र गैरजिम्मेवारीको पराकाष्ठा हो त्यसमा पनि अझ खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गरेकोले तत्काल सत्यतथ्य छानबिन गरि दोषीहरु माथि कडा भन्दा कडा कार्वाहीको मांग  गर्दछौं ।
राजपाले सरकारले लगाएको लकडाउन पूर्णरुपमा पालना गर्न समेत अपील गरेको छ । '

'कोरोना भाइरसको महामारी दिनानुदिन झन बढ्दै गइरहेको अवस्थामा सरकार अझ गम्भीर र जिम्मेवार बन्नुपर्ने भएकोले राजपा नेपालद्वारा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं र यस माहामारीबाट जोगिन तथा  लक डाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आ(आफ्नो घरमै वस्न सम्पुर्ण नागरिकसंग हार्दिक अपील गर्दछौं' विज्ञप्तीमा भनिएको छ।

राजपाले भारतबाट नेपाल आउन लागेका नागरिकलाई स्वदेश फर्कने वातावरण बनाउन माग पनि गरेको छ । 'नेपाल र भारतको सिमानाकामा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकोले तत्काल ती नागरिकहरुलाई स्वदेश ल्याउन बाताबरण बनाउने र स्वास्थ्य चेकजाँच गरि  शंकास्पद व्यक्तिहरूलाई क्वारेन्टाइन मा समेत राख्न आग्रह गर्दछौं ।'


'अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्रीहरु वडा तहबाटै आम नागरिक सम्म पुर्याउने निर्णय सरकारले गरे पनि आजको दिन सम्म पनि कार्यान्वयन नभएको हुनाले केन्द्र सरकार ,प्रदेश सरकार र स्थानीय तहालाई जिम्मेवार हुन र तत्तपरता देखाउन ध्यानाकर्षण गराउन चाहन्छौं' संयोजक भण्डारीद्वारा जारी विपप्तीमा भनिएको छ।

                            

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर