रणवीर र आलियाको बिहे डिसेम्बरमा, बिवाह समारोह ४ दिनसम्म चल्ने

एजेन्सी । रणवीर कपुर र आलिया भट्ट बलिउड फिल्म उद्योगको एक चर्चित प्रेम जोडी हुन् । आलियाले रणवीरलाई शुरु देखिनै मन पारएकी थिइन् जतिबेला रणवीर कटरिनासँग प्रेममा थिए । रणवीर र कटरिना छुटेको छोटो समयमै रणवीर आलियासँग प्रेममा परेका हुन् । आलिया र रणवीर जोडी फिल्म ‘ब्रह्मास्त्र’ देख्न पाइने भएको छ । 

लामो समय देखि प्रेम सम्बन्धमा रहेका यो जोडीको विवाहको खबर पनि बेला बेलामा चर्चामा आउँने गरेको छ । पछिल्लो सयम फिल्म ‘ब्रह्मस्त्र’को सुटिङपछि बिवाह गर्दे भन्ने खबर पनि सार्वजनिक भएको थियो । तर त्यो लकडाउनको कारण रोकिएको भारतीय मिडियाले जनाएको छ । 

एक रिर्पोट अनुसार आलिया र रणवीरको विवाह समारोह २१ डिसेम्बरमा सुरु हुने छ । यो समारोह ४ दिनसम्म चल्ने छ । अहिले ऋषि कपुरको स्वास्थ्यमा सुधार आएकोले उनीहरुले छिट्टै बिहे गर्ने तयारी गरेका हुन् ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर