अभिनेत्री मन्दानीले भनिन् –‘सरकारको गैर जिम्मेवारीले नै भाइरस फैलिएको हो’

एजेन्सी । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको कारण विश्वमा महामारी फैलिएको छ । अधिकांह देश लकडाउन भएको छ । यो अवस्थामा मानिसहरु आफ्नो परिवारलाई देशलाई केही नहोस् भनि सचेता गरिरहेका छन् । यसै क्रममा अभिनेत्री मन्दानी करिमीले आफ्नो परिवारको बारेमा चिन्ता व्यक्त गरेकी छन् । 

इराकी अभिनेत्री मन्दानी अहिले भारतमा छिन् । उनले आफ्नो परिवारले यो समय इरानमा निकै कष्टपूण जीवन बिताइरहेको बताएकी छन् । एक वेबसाइडमा अन्तर्वाता दिदै  भनिन् –‘मेरो परिावार कस्तो अवस्थामा बाचिरहेको छ म त्यो यतिबेला भन्न सक्दिन । इरानमा सामान्य सेनिटाइजरसम्म पाइदैन । भारतमा गत २ हप्तादेखि लकडाउन छ मेरो परिवार ६० दिनदेखि यस्तै जीवन बिताइ रहेका छन् । ’

उनले फेरी भनिन् –‘ सरकारको लापरबाही र गैर जिम्मेवारीको कारण मानिसको मृत्यु भइरहेको छ । कोरोना टेस्ट पनि भइरहेको छैन । कोरोना संक्रमित भएका मानिसहरुके पनि उपचार राम्रोसँग भएको छैन । ’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर