• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेता पौडेलले कोरोना संक्रमितको उपचार गरिरहेका चिकित्सकको हौसला बढाए

बागलुङ् । नेकपा स्थायी कमिटी सदस्य एवं सांसद देवेन्द्र पौडेल शुक्रबार बागलुङ् अस्पताल पुगे । कोरोना संक्रमणको त्रासमा सर्वसाधारण तथा चिकित्सकहरु समेत रहेका बेला नेता पौडेल भने अस्पतालमा पुगेका हुन् । संक्रमण रोक्न लकडाउन भईरहेको यो बेला नेता पौडेल संक्रमितहरुको उपचार गरिरहेका चिकित्सकहरुको हौसला बढाउन अस्पताल पुगेको उनको सचिवालयले जानकारी दिएको ।

सो क्रममा नेता पौडेलले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि बागलुङ्मा खटिएका चिकित्सकसँग छलफल गरेका छन् । कोरोना संक्रमण पोजेटिभ देखिएका २ महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । विदेशबाट आएका २ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछि जिल्लावासी सशंकित पनि भएका छन् ।

शुक्रबार धौलागिरी अञ्चल अस्पताल बागलुङ पुगेर सांसद पौडेलले संक्रमित व्यक्तिको उपचारमा खटिएका चिकित्सकको प्रशंसा गर्दै अझै उच्च मनोवलका साथ काम गर्न आग्रह गरेका थिए । 

चिकित्सक र अस्पताल व्यवस्थाप समितिले उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण अभाव रहेको गुनासो सांसद पौडेल समक्ष गरे । चिकत्सक र व्यवस्थापन समितिको गुनासो सुनेपछि पौडेलले उपचारका लागि चाहिने अत्यावश्यक स्वास्थ्य उपकरणहरु उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर