• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

कोरोना कहर : अमेरिकामा एकै दिन १ हजार ३ सय २० को मृत्यु, ३२ हजार नयाँ संक्रमित

एजेन्सी ।  विश्व महामारीको रुप लिइरहेको कोरोना भाइरसेको कारण  अमेरिकामा १ हजार ३ सय २० जनाको मृत्यु भएको छ भने ३२ हजार  नयाँ संक्रमित थपिएका छन् । आजसम्मको तथ्याङकमा शुक्रबार मृत्यु भएको संख्या आजसम्मकै उच्च हो ।

संक्रमित र मृत्यु हुनेको संख्या दुवै बढेपछि त्यहाँ त्रास उत्पन्न भएको छ । अमेरिकामा हालसम्म ७ हजार ३ सय ९१ को मृत्यु भइसकेकोमा गत २४ घन्टामा १३ सय २० जनाको मृत्यु भएको तथ्यांक छ ।

विश्वमा सबैभन्दा बढी संक्रमित देश पनि अमेरिका भएको छ । त्यहाँ २ लाख ७७ हजार मानिस संक्रमित भइसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर