कविता : सिस्टर नभन्नु ल !
सेतो कोटमा सजिएकी
एक सफेद नारी
गलामा आला
काधमा जिम्मेवारी
जो आफ्नै काममा व्यस्त छिन
सेवामा मस्त छिन
अलि परैबाट अपरीचित आवाजले
परीचित शब्द दोहोर्याउँछ :
“सिस्टर”
उनी अभ्यस्त छिन
उत्तिकै चुस्त छिन
न उनलाई हाँसो छ
न कुनै चासो छ
मात्र एउटा गुनासो छ
बहिनि भन बरु
आत्मीयता झल्काउ
घरीघरी एउटै शब्दमा
दनदनि आगो नसल्काउ ।
प्रतिकृया दिनुहोस