• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मास्क उत्पादन कम्पनीलाई ट्रम्पको आदेश- क्यानेडा र ल्याटिन अमेरिकामा मास्क निर्यात नगर्नु

एजेन्सी । अमेरिकाको प्रमुख मास्क निर्माता कम्पनी ३एम लाई सरकारले मास्क क्यानडा तथा ल्याटिन अमेरिकामा निर्यात नगर्न आग्रह गरेको छ । बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कोरियन युद्धको बेलाको सुरक्षा सामग्री उत्पादन सम्बन्धी कानून लागु गर्दै ३एमलाई थप मास्क उत्पादन गर्न आदेश दिएको थियो ।

अमेरिकामा निर्माण भएका एन ९५ रेस्पिरेटरी मास्क क्यानडा तथा ल्याटिन अमेरिकामा निर्यात नगर्न सरकारले आग्रह गरेको ३ एमले जनाएको छ ।

यता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले ३एमका मास्क निर्यातमा रोक लगाइए त्यो गल्ती साबित हुने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिफेन्स प्रोडक्सन एक्टको प्रयोग ३एमलाई गम्भीर तरिकाले हिर्काउनका लागि प्रयोग गरेको बताएका छन् ।

तर उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन् । सन् १९५० को सो कानूनले राष्ट्रपतिलाई कुनै पनि कम्पनीलाई भनिएको सामग्रीको उत्पादन बढाउन बाध्य पार्ने अधिकार दिन्छ ।

३ एमले शुक्रबार वक्तव्य जारी गरेर संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फिमा) को आदेश अनुसार अमेरिकामै एन ९५ रेस्पिरेटरी मास्कको अभाव भएको र यस्तो बेलामा देशकै लागि उत्पादन बढाउन कानून लागु भएको उल्लेख गरेको छ । यस्तै सरकारले आफ्ना मास्कहरु अमेरिका र ल्याटिन अमेरिकामा निर्यात नगर्न आग्रह गरेको पनि ३ एमले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर