• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ट्रम्पले भने- ‘मास्क लगाउने सुझाव मेरा लागि होइन, अरुले पनि लगाउनु पर्दैन’

एजेन्सी । नयाँ स्वास्थ्य निर्देशनले अमेरिकी नागरिकहरूलाई अनुहारमा मास्क लगाउन सुझाव दिएको भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मास्क नलगाउने बताएका छन्।

शुक्रबार जारी गरिएको मार्गनिर्देशन स्वैच्छिक भएको उनको भनाइ छ।

कोरोना भाइरस टास्क फोर्सको शुक्रबारको नियमित ब्रिफिङ्गमा राष्ट्रपति ट्रम्प मास्कबिनै प्रस्तुत भएका थिए । उनले मास्क लगाएर राष्ट्रपति कार्यालयमा हुने विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, डिटेक्टर, राजा, महारानीहरुसँगको भेटमा प्रस्तुत हुने कल्पनासम्म पनि गर्न नसक्ने बताए ।

राष्ट्रपति ट्रम्पले मास्कका सम्बन्धमा सिडसीले शुक्रबार जारी गरेको सुझाव स्वइच्छामा आधारित रहेको दाबी गरे । उनले भनेका छन्, ‘तपाईँहरुले पनि यसको पलना गर्नु पर्दैन । मलाई लाग्दैन कि मैले पनि यसको पलाना गर्ने छु ।’ यसो भनेर ट्रम्पले मास्क नलाउने र नलगाउन उक्साएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर