• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेपाली सेनाद्वारा पाल्पामा नमुना क्वारेन्टाईन निर्माण

पाल्पा । पाल्पाका स्थानीय तहले निर्माण गरेका क्वारेटाइन मापदण्ड अनुसारका नभएपछि नेपाली सेनाले तानसेनको टुडिखेलमा नमुना क्वारेन्टाइन निर्माण गरेको छ । नेपाली सेनाको जिल्लास्थित गोरखदल गणले क्वारेन्टाइन कसरी निर्माण गर्ने र कस्तो हुनुपर्छ नमुना क्वारेन्टिन निर्माण गरेको जनाएको छ । 

क्वारेन्टिन बनाउदाँ कस्तो बनाउने भन्ने कुरालाई यहाँ सिकाइएको छ भने कति दुरीमा राख्ने भन्ने पनि सिकाइएको छ । नेपाली सेनाका सेनानी मनोज डंगोलका अनुसार स्वास्थ्यकर्मी कसरी बस्ने, के कस्ता सामाग्री आवश्यक पर्छ भन्ने विषयहरु नमुनाको रुपमा देखाउने प्रयास भएको छ ।

स्थानीय तहले निर्माण गरेका अधिकांश बेड भने पूर्ण बेन्च जोडेर बनाइएको छ जसले गर्दा भारत तथा तेस्रो मुलुकबाट आएका नागरीकहरु ति क्वारेन्टाईनमा बसेका छैनन । कोरोना भाइरसको त्रास फैलिरहेका बेला पाल्पामा पर्न सक्ने जोखिमलाई हल गर्नका लागि नेपाली सेनाले पूर्वतयारी समेत सुरु गरेको जनाएको छ । जसका लागि तानसेन स्थित सेन माविको भवनलाई कवारेन्टाइन निर्माण गर्ने सेनानी मनोज डंगोलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर