• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

लकडाउनपछिको अवस्थाको समिक्षा र थप कार्ययोजना तय गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो

फाइल तस्बिर

काठमाडौं । कोरोना नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनपछिको अवस्थाको समिक्षा र थप रणनीति तय गर्न मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

बैठक बालुवाटारमा अपरान्ह चार बजे बोलाइएको छ ।  बैठकमा मुलुकभर लगाइएको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्ने एजेन्डा तय भएको छ । सरकारले २५ चैतसम्म लकडाउन घोषणा गरेको छ ।

कोरोना भाइरस संक्रिमत व्यक्ति खासै नदेखिएको अवस्थामा यसलाई निरन्तरता दिने नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने भएको छ । स्वास्थ्य सामाग्री खरिदको विषय अहिले विवादित बनेको छ । यो सम्बन्धमा पनि आजको बैठकमा छलफल हुनेछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर