• बुधबार ४-२१-२०७७/Wednesday 08-05-2020/ 02:31 am

प्रादेशिक अस्पतालको आइसोेलेशनमा रहेका ५ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ'

जनकपुरधाम।  जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

प्रादेशिक अस्पतालको आइसोलेशनमा रहेका तीनीहरुको स्वाब परिक्षण शुक्रबार अस्पतालमै जडान गरिएको पीसीआर मेशिनबाट गरिएको थियो । हिजै परिक्षण गरिएपनि आज उनीहरुको परिक्षणको रिजल्ट आएको हो ।

पाँचै जनाको स्वाब परिक्षण पछि रिजल्ट नेगेटिभ आएको प्रदेश दुईको स्वास्थ्य निर्देशनालयको बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन् । 
उनका अनुसार कोरोना आशंकामा राखिएका छैठौँ व्यक्तिको स्वाब परिक्षण समेत गरिएको छ । छैठौँ व्यक्तिको स्वाब परिक्षणको रिजल्ट समेत आजै आउने बताइएको छ । 

पीसीआर मेशिनको अभावका कारण कोरोना संक्रमणको जाँचका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग उपचार केन्द्रमा पठाउनु पर्ने बाध्यता रहेको थियो । प्रादेशिक अस्पतालमै सो मेशिन जडान भएपछि कोरोना संक्रमित रहे नरहेको पत्ता लगाउन सहज भएको चिकित्सकहरुरले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ट्रकको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

  • २० श्रावण, २०७७

चितवन । माडी नगरपालिका–९ वगईमा मंगलबार दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा

सुनसरीको इनरुवामा २६ गतेसम्म पूर्ण लकडाउन

  • २० श्रावण, २०७७

इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको

कोरोनाको आशंकामा प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत ६० जनाको स्वाब संकलन

  • २० श्रावण, २०७७

काठमााडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना परिक्षणका लागि प्रधानमन्त्री निवास बालुवाटारका ६० जनाको स्वाब संकलन गरेको छ