• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

नेपालमा थप ३ जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या ९ पुग्यो

पहिलो पटक स्थानीयमा पनि देखियो कोरोना संक्रमण

धनगढी कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयले धनगढीमा थप संक्रमित फेला परेको पुष्टी गरेको हो ।

भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष,उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला जुन यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेका छन् , उनमा पनि कोरोना देखिएको मन्त्रालयले जनाएको छ   ।  मन्त्रालयका अनुसार संक्रमित महिला पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । 

संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ ।

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।  कोरोना देखिएका सवैलाई प्रादेशीक अस्पताल धनगढी ल्याइएको छ ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर