• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोभिड –१९ : चेपाङ्ग समुदायमा सचेतना कार्यक्रम

मुग्लिन ।  चितवनको विकट पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ का चेपाङ्गं समुदायलाई कोरोना भाइरस, (कोभिड–१९ ) को सम्भावित जोखिम हुन नदिन हातधुन साबुन वितरण तथा सचेतना कार्यक्रम सुरु गरिएको छ ।  

स्थानीय निकायसगँको समन्वयमा सचेतना जगाउँदै साबुन बाड्न वितरण गरिएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धुव्र गिरीले जानकारी दिए  पहिलो चरणमा  ईच्छाकामनाको तोबाङ्गका ३३ र डाँडा ११  घरधुरीलाई सिराईचुली टोल सुधार समितिका अध्यक्ष भीम चेपाङ्ग, चौकी डाँडा टोल सुधार समितिका अध्यक्ष धनलाल चेपाङ्गं र थाप्राङ्ग टोल सुधार समितिका भद्र चेपाङ्गको रोहबरमा साबुन वितरण गरिएको थियो ।  

यसैवीच कालिका नगरपालिका भित्रका विभिन्न वडामा विदेशबाट फर्किएका ६० जना होम क्वारेन्टाइनमा रहेको नगर प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनुभयो. । उहाँले क्वारेन्टाइनमा रहदा केही समस्या आइपरे नगरपालिकामा सम्पर्क गर्न अनुरोध समेत गरे । 

नगरपालिकाका मेलमिलाप संयोजक सुर्दशन अधिकारीको संयोजकत्वमा १३ सदस्ययी होम क्वारेन्टाइन समिति नै निर्माण गरेर अनुगमन गरिरहेको र जुटपानीमा १५ श्ययाको क्वारेन्टइन समेत निर्माण गरिएकोे उनले बताए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर