• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

बागलुङमा सांसद पौडेलले जब दुई संक्रमितलाई भेटे...

बागलुङ । कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुँदासाथ अहिले सामाचारमा देखिने तस्वीरहरु नै धेरैको दिमागमा घुम्छ । तीब्र गतिमा मान्छेबाट मान्छेमा सर्ने कोरोना भाइरस संक्रमणबाट मर्नेहरुको संख्या दिनै बढ्दै गएको छ । संक्रमण हुँदासाथ मृत्युको मुखमा पुग्ने भने होइन । अमेरिका, बेलायतमा समेत उपचारपछि घर फर्किएका नेपाली समुदाय छन् । अवश्य भाइरस शरिरमा प्रवेश गरेपछि दुःख, पीडा, मानसिक तनाब हुने नै भयो । तर, उपचार, आत्मबलबाट बाँच्न सकिने निको भएका संक्रमितहरुले अनुभव सुनाईरहेका छन् ।  संक्रमितमध्ये संयोग २ बागलुङ नगरपालिकाभित्रकै छन् ।
उनीहरुको अहिले जिल्ला सदरमुकामस्थित धवलागिरि प्रदेश अस्पतालको आइसोलेशन कक्षमा उपचार भइराखेको छ । स्वास फेर्न गाह्रो, उच्च ज्वरो, सख्खा लहरे खोजी जस्ता यसको लक्षण देखिने चिकित्सकहरुले बताउँदै आएका छन् ।

अहिले सञ्चारमाध्यममा हामीले देखिने दृष्य झन् अत्यासलाग्दो देखिन्छ । उपचारमा रहेका चिकित्सक, नर्सहरुले लगाएको पीपीई (व्यक्तिगत सुरक्षात्मक उपकरण), जोखिममा रहेका विरामीको मुखमा लगाई दिएको भेन्टिलेटरका उपकरणहरुको दृष्य । यी देख्दा सबैको मनमा डर, त्रास हुन्छ कोरोनाले छुँदासाथ यही अवस्थामा पुगिन्छ ।  संक्रमण फैलिने डर । विरामीसँगको दुरी टाढा गर्नुपर्ने वाध्यकारी । कोरोनाको रोकथाम मध्ये सबै भन्दा पहिले सचेतता अप्नाउने विधि । जब, संक्रमितलाई आइसोलेशनमा राखेपछि उनका परिवारले समेत भेटघाट गर्न नपाउने । विरामीहरुको सम्पूर्ण हेरचाह चिकित्सक र नर्सहरुबाटै ।

विश्वभरी फैलिएको महामारी । मुलुक लकडाउन । जनतासँग सधैं जोडिनुपर्ने सांसद । आफ्नै जिल्लामा दुई–दुई जना संक्रमित भेटिएपछि नेकपा स्थायी कमिटी सदस्य एवं सांसद देवेन्द्र पौडेल हतारमा शुक्रबार बागलुङ अस्पताल पुगे । राज्यले पहल गरेको छ, सामाजिक दुरी टाढा भनिएको छ, तर, अभिभाकत्व त चाहियो भनेर पौडेल हतारमा बागलुङ पुगे ।

समाचारका शिर्षक बनेपछि कोरोना संक्रमणको त्रासमा सर्वसाधारण तथा चिकित्सकहरु हुने नै भए । सिधै अस्पताल पुगेर पौडेलले चिकित्सक र संक्रमितका परिवार सदस्यलाई भने– ‘तपाईंहरुको हौसला बढाउन आइपुगेको छु ।‘

‘संक्रमित विरामी दिदी र नानीलाई दुरी टाढा राखेर भेट्न गएँ । उहाँहरुलाई संक्रमण पोजेटिभ देखिए पनि कोरोनाका लक्षण अनुसार विमारले च्यापेको छैन । हाँसिखुशी हुनुहुन्छ । दुबै जनाको हाउभाउ ठीक छ । डाक्टरहरुले हेर्न दिनुभयो । कुरा गर्न दिनुभएन‘, पौडेलले समाचार दैनिकसँग भने ।
विरामीहरुको हाउभाउ, डाक्टरहरुको रिपोर्ट, परिवार सदस्यहरुको भनाई अनुसार आत्तिहाल्नु पर्ने अवस्था नरहेको पौडेलले बताए । ‘उहाँहरुको राम्रोसँग उपचार हुनेमा परिवार, हामी सबै विश्वस्त छौं । उपचारमा संलग्न चिकित्सक साथीहरुको भनाई पनि उहाँहरुको उपचारमा कुनै कमी नआउने बताउनुभएको छ‘, पौडेलले भने ।

पछिल्लो संक्रमित ६५ वर्षीय महिलालाई अस्पताल लिने विषयमा केही समस्या पर्दा परिवारले तनाव झेल्नु परेको उनले बताए । ‘प्रमुख जिल्ला अधिकारी, एसपी लगायत सबैसँग छलफल भयो । पछिल्लो संक्रमित महिलालाई अस्पताल लिने बारे केही समस्या देखिएको रहेछ‘, उनले भने– ‘यो संकट पार गर्ने सबै मिलेर हो जिम्मेवार पदमा बसेपछि आ–आफ्नो ठाउँबाट सबैले भूमिका निर्वाह गर्नुपर्छ भनेको छु ।‘

संक्रमित व्यक्तिको उपचारमा खटिएका चिकित्सकको प्रशंसा गर्दै पौडेलले अझै उच्च मनोवलका साथ काम गर्न आग्रह गरेको बताए । चिकित्सक र अस्पताल व्यवस्थाप समितिले उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण अभाव रहेको गुनासो गरेकाले तत्काल संघीय सरकारबाट पहल गरिने सांसद पौडेलले बताए ।

बागलुङ–२ का सांसद पौडेल क्षेत्रका सबै स्वास्थ्य चौकीहरुको अनुगमनमा निस्किएका छन् । ‘केही पीपीई लिएर सबै स्वास्थ्य चौकीहरुमा त्यहाँ रहेका चिकित्सक, स्वास्थ्यकर्मी साथीहरुसँग अवस्था बुझ्ने र अनुगमन गर्दै हिडेको छु‘, बागलुङ बडिगाड खरबाङ पुगेका पौडेलले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर