• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बहराईनमा रहेका नेपालीबारे प्रधानमन्त्री ओलीले समकक्षीसँग गरे टेलिफोन

काठमाडौं । कोरोना भाईरस (कोभिड १९)ले पारेको प्रभाव र नेपालीहरुको अवस्थाबा बारेमा प्रधानमन्त्री केपी ओलीले बहराईनका समकक्षीसँग फोनबार्टा गरेका छन् । 

शुनिबार केहीबेर अघि उनले बहराईनका प्रधानमन्त्रीसँग संबाद गरेको उनले ट्विटर मार्फत जानकारी गराएका छन् । 

प्रधानमन्त्री ओलीले भनेका छन्, 'नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें।त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।'

प्रधानमन्त्री ओलीले नेपालीहरु रहेको अन्य देशका प्रमुखसँग पनि क्रमश छलफल गर्ने बताएका छन् । 'यसैगरि अन्य मुलुकका सरकार प्रमुखहरुसंग पनि संबाद जारी राख्ने छु उनले भने।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर