[फलोअप] डडेल्धुरा अस्पतालको सि.टी.स्क्यान खरीदमा अनियमितता : शंकास्पद भूमिकामा अस्पताल प्रशासन

धनगढी । यतिबेला विश्व कोभिड १९ (कोरोना भाइरस) को संक्रमणबाट कसरी बच्ने र बचाउने भन्ने विषयमा केन्द्रीत छ । विश्वका शक्ति राष्ट्रहरु यो रोगको उपचारका लागि लागिपरेका छन् । 

नेपालमा पनि यसको नियन्त्रण र रोकथामका लागि सरकारले दुई हप्तादेखि ‘लकडाउन’ गरेको छ । जनजीवन अस्तव्यस्त छ । 

तर, यस्तो संवेदनशील समयमा पनि अनियमितताका खबरहरु आउन छाडेका छैनन् । केन्द्रीय सरकारदेखि प्रदेश तथा स्थानीय स्तरमा समेत अनियमितता भइरहेका समाचारहरु दैनिक आइरहेका छन् । त्यो पनि स्वास्थ्य समाग्रीसँग जोडिए ।

कोभिड नियन्त्रणका लागि सरकारले विभिन्न तहमा बजेट विनियोजन तथा अन्य उपायहरु अपनाइरहेको बेला अनियमितता खबर आउनु पक्कै राम्रो होएन् ।
 
केहीदिनअघि हामीले ‘डडेल्धुरा अस्पतालको सीटी स्क्यान खरिदमा अनियमितता, ओम्नी समूहको संलग्नता’ शिर्षकमा समाचार प्रकाशन गरेका थियौं । समाचार प्रकाशन पश्चात हामीलाई विभिन्न आश्वासन देखाउँदै विभिन्न समाचार डिलिट गर्ने दबाब पनि सिर्जना भयो । 

तर, पत्रकारीताको मर्मलाई नबिर्सि निरन्तर सूचना प्रवाह गर्दै आएका हामीले त्यसबारे थप सूचना संकलन गर्नेतर्फ लागेका छौं । 

डडेल्धुरा अस्पतालले झण्डै चारकरोडमा खरिद गर्न लागेको सिटी स्क्यान मेसिनमा मिलोमतो थप तथ्य हामीले फेला पारेका छौं । 

डडेल्धुरा अस्पताल प्रशासन, बायोमेडीकल इञ्जिनियर र सप्लायर्सको मिलोमतोमा स्पेशिफिकेशन संसोधनगरी एक सप्लायर्सलाई मात्र मिल्नेगरी बनाइएको थियो । एकजना परामर्श दातासँग सम्झौता गरी कामगर्दा गर्दै फेरि अर्को कन्सल्ट्यान्ट ल्याइ फिलिप्स कम्पनिसँग मात्र मिल्ने गरि किन संसोधन गरियो र बायोमेडिक इन्जिनियर हरेन्द्र चटौतले स्पेशिफिकेशन किन संसोधन गरे ? भन्ने विषय अझै शंकास्पद छ । 

सो विषयमा बाह्य परामर्शदाता हेल्थटेक इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी सँग सम्पर्क गर्यौं । ‘बजेट निकसा गर्ने प्रस्ताव तयार गरेको तथा टेन्डर स्पेशिफिकेशन कम्तीमा उपलब्ध ४ र ५ वटालाई कम्पनीहरु समेटेर गुणस्तरिय सामान आउने गरि तयार गरिएको हो । त्यसको रिपोर्ट अस्पतालमा बुझाइसकेको छ । टेन्डर पि–बिडमा हामीलाई निमन्त्रणा गरिएको थियो र  उपस्थितसम्म भएको हो तर प्राविधिक संशोधनबारे हामीलाई कुन जानकारी छैन् ।’ कन्सल्टेन्सीका एक प्रतिनिधिले भने । 

उक्त खरिदको विषय अस्पतालको भएको भन्दै उनले हामीलाई अस्पतालमानै सम्पर्क गर्न भने । 

हामीले स्पशिफिकेशन संसोधनको बारेका स्वास्थ्य सेवा विभागबाट खटिएका इञ्जिनियर हरेन्द्र चटौतसँग सम्पर्क गर्यौं । बाह्य परामर्शदाताले तयार गरेको स्पेशिफिकेशन चाईनिज कम्पनिसँग मिलेको र गुणस्तरीय समानको लागि संसोधन गरेको उनले स्वीकार गरे ।

तर, संशोधन गर्दा कति वटा कम्पनीलाई मिल्छ ? भन्ने हाम्रो प्रश्नमा उनले जवाफ दिन सकेनन् ।

फिलिप्सलाई मात्र पर्ने किसिमको स्पेशिफिकेशन संसोधन गरी ठूलै रकमको चलखेल हुने सम्भावना प्रि–बिडमा उपस्थित अन्य सप्लायर्सहरुले आरोप लगाएका छन् । आफूहरुले पेश गरेको कुनै पनि सामान्य बुँदा समेत संशोधन नगरी एकाएक फिलिप्स भन्ने कम्पनीको मात्र मिल्ने गरि संसोधन गरिएकाले आफूहरु कानुनी उपचार खोज्न तयारी गरि रहेको सप्लायर्सका एक प्रतिनिधि हामीलाई जानकारी दिए ।

वाह्य परामर्शदाताको ‘स्पेशिफिकेशन’मा गरिएको संसोधनका बुँदाः 

१. भोल्टेज सेलेक्सन (voltage selection )लाई 70-140 kv बनाईएको छ । पहिले यो 80-140 बनाउँदा नेपालमा फिलिप्स कम्पनिको समानहरु बिक्री वितरण गर्दे  आइरहेको हस्पिटेक ईन्टरप्राईजेज, जुन अहिले विवादमा आएको ओम्नि समूहसँग सम्बन्धित छ ।

२. ईमेज रिकन्स्ट्रक्सन (image reconstruction )मा पनि बाह्य परामर्शदाताले तयार गरेको स्पेसिफिकेशनमा 512*512 भएकोमा त्यसको सट्टामा 1024*1024 बनाईएको छ । अरु सप्लायर्ससँग मिल्ने गरी बनाईएको स्पेसिफिकेशन जुन अहिले फिलिप्स कम्पनिबाहेक अरुसँग नमिल्ने गरी बनाईएको छ ।

-डडेल्धुरा अस्पतालको सीटी स्क्यान खरिदमा अनियमितता, ओम्नी समूहको संलग्नता

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर