शेयर बजार नयाँ विन्दुमा

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार आज नयाँ विन्दुमा पुगेको हो ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव १३ विन्दुले बढेर एक हजार २४४ दशमलव ८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ४७ विन्दुले बढेर २६४ दशमलव २७ विन्दुमा पुगेको छ ।

आज कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७३ कम्पनीको २७ लाख ११ हजार ११० कित्ता शेयर ७२ करोड ९८ लाख पाँच हजार ५४६ मूल्यमा खरीद–बिक्री भएको छ । आज तीन उपसमूहको शेयर मूल्य भने घटेको छ । निर्जीवन बीमा ४१ दशमलव ४१, माइक्रोफाइनान्स ० दशमलव ६९ र जीवन बीमा ११ दशमलव १८ विन्दुले घट्दा बैंकिङ १६ दशमलव २, होटल ३२ दशमलव १९, विकास बैंक ११ दशमलव २७, जलविद्युत ४ दशमलव ५३, फाइनान्स २ दशमलव २, उत्पादन २ दशमलव ०६ र अन्य उपसमूह २२ दशमलव २९ विन्दुले वृद्धि भएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर