• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:11 am

देशभक्ति भावनाले भरिएको नयाँ राष्ट्रिय गीत ‘हिमालको छानो’ सार्वजनिक

काठमाडौं । देशभक्ति भावनाले भरिएको ‘हिमालको छानो’ बोलको नयाँ राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कल्याण आले, निर्मला पनेरु, मदन राई, सञ्जय तुम्रोक, अनु परियार, जलु गुरुङ र रनमाया दासले आवाज दिएका छन् । 

हिमाल, पहाड र तराई, नेपालीबीच कोही छैन बिरानी भावको यस राष्ट्रिय गीतमा शब्द किशोर राज पोख्रेलको रहेको छ भने संगीत कल्याण आलेको रहेको छ । म्युजिक भिडियोमा नेपाल प्रहरी संगीत विद्यालयका विद्यार्थीले फिचरिङ गरेका छन् । 

भिडियोलाई मुकेश हुमागाईले खिचेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका हुन् । यस्तै, म्युजिक भिडियोको निर्देशन विकास घले गुरुङले गरेका हुन् । 

गीतमा विभिन्न भेष–भुषामा सजिएर नेपाली झण्डा फहराउँदै कलाकारहरु नेपाली पहिचानलाई झल्काइरहेका छन् भने गीतमा नेपाल संविधान, सहिददेखि संघीय ढाँचाको विषयलाई पनि समेटिएको छ । 

हेर्नुहोस्, राष्ट्रिय भावना ओतप्रोत सुन्दर गीतः

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदर्शनीमा मौलिक कलाकृति : पाँच दर्जन बढी कलाकारका चित्र र मूर्ति राखिँदै

  • ३ माघ, २०७५

ललितपुर । मौलिक कला र संस्कृतिको सहरका रुपमा काठमाडौं उपत्यकालाई चिनिन्छ । यहाँ बनाइने कलाको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म फैलिएको छ । पछिल्लो समय

हिउँमूर्ति बनाउन तीन नेपाली मूर्तिकार फ्रान्स जाँदै 

  • ३ माघ, २०७५

काठमाडौं । तीन नेपाली मूर्तिकार हिउँमूर्ति बनाउन फ्रान्स जाने भएका छन् । फ्रान्सको भ्यालोरमा हुने ‘इन्टरनेसनल स्नो फेस्टिभल’ मा नेपालबाट

बन्जाडेको ‘के तिम्रो सम्झनाले’ (भिडियोसहित)

  • २ माघ, २०७५

काठमाडौं । गायक संगीतकार तथा गीतकार बिख्यात बन्जाडेको ‘के तिम्रो सम्झनाले’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत बन्जाडेकै रहेको छ