देशभक्ति भावनाले भरिएको नयाँ राष्ट्रिय गीत ‘हिमालको छानो’ सार्वजनिक

काठमाडौं । देशभक्ति भावनाले भरिएको ‘हिमालको छानो’ बोलको नयाँ राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कल्याण आले, निर्मला पनेरु, मदन राई, सञ्जय तुम्रोक, अनु परियार, जलु गुरुङ र रनमाया दासले आवाज दिएका छन् । 

हिमाल, पहाड र तराई, नेपालीबीच कोही छैन बिरानी भावको यस राष्ट्रिय गीतमा शब्द किशोर राज पोख्रेलको रहेको छ भने संगीत कल्याण आलेको रहेको छ । म्युजिक भिडियोमा नेपाल प्रहरी संगीत विद्यालयका विद्यार्थीले फिचरिङ गरेका छन् । 

भिडियोलाई मुकेश हुमागाईले खिचेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका हुन् । यस्तै, म्युजिक भिडियोको निर्देशन विकास घले गुरुङले गरेका हुन् । 

गीतमा विभिन्न भेष–भुषामा सजिएर नेपाली झण्डा फहराउँदै कलाकारहरु नेपाली पहिचानलाई झल्काइरहेका छन् भने गीतमा नेपाल संविधान, सहिददेखि संघीय ढाँचाको विषयलाई पनि समेटिएको छ । 

हेर्नुहोस्, राष्ट्रिय भावना ओतप्रोत सुन्दर गीतः

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर