• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सूचना चुहाएको भन्दै नेकपाले गर्यो पत्रकार संगठनका अध्यक्षलाई कारबाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट संगठन क्रान्तिकारी पत्रकार संगठन, नेपालका निवर्तमान अध्यक्ष प्रभात चलाउने कारबाहीमा परेका छन् । 

पार्टीको आन्तरिक सूचना चुहाएर गम्भीर गल्ती गरेकाले उनी माथि कारबाही गरिएको नेकपाले जनाएको छ । पार्टीले चलाउनेसहित चार केन्द्रीय सदस्य जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल र सुदिप बर्देवालाई पनि कारबाही गरेको छ ।

निवर्तमान अध्यक्ष प्रभात चलाउनेलाई संगठनसम्बन्धी निर्णयविरुद्ध अराजकता मच्चाउने, पार्टी नेतृत्व विरुद्ध सामाजिक सञ्जालमा भ्रामक समाचार वितरण गर्ने र संगठनका जिम्मेवार साथीमाथि हातपात गर्ने जस्ता अमर्यादित र गलत हर्कत गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन कारवाही गरिएको नेकपाले जनाएको छ । 

नेपाल कम्युनिस्ट पार्टीको मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ ले प्रेस विज्ञप्ति निकालेर कारवाही बारे जानकारी दिएका हुन् । संगठनभित्रै रहेका जिम्मेवार व्यक्तिहरुबाटै संगठन नेतृत्वबारे अनर्गल प्रचार, ‘समानान्तर संगठन’ निर्माण तथा पार्टीले पत्रकार संगठन नेतृत्वबारे लिएको निर्णय उल्लंघन गर्दै संगठनका जिम्मेवार व्यक्तिहरुमाथि नै हातपात गर्नुको साथै संगठनबारे गलत र भ्रामक हल्ला चलाइरहेकोले कारवाही गरिएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा कारवाही गरेका व्यक्तिहरुले चलाउने अनर्गल र भ्रामक समाचारको भ्रममा नपर्न जनसमूदाय र आमसंचारमाध्यमलाई जानकारी गराइएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर