• बुधबार १०-९-२०७५/Wednesday 01-23-2019/ 02:09 pm

बुटवल हिडेका युवाको जंगलमा शव फेला

पाल्पा । पाल्पाको सदरमुकाम तानसेनमा एक युवकको शव जंगलमा फेला परेको छ । तानसेन नगरपालिका १ भुसलडाँडाका ३९ वर्षीय सुनिल केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिए ।

 सुनिल घरबाट बुटवल जान भनेर भदौ ११ गते हिँडेका थिए । उनको शव तानसेन १ भुसलडाँडाको खल्लुकधारा नजिक सडकभन्दा २७ मिटर तल झाडीमा फेला परेको हो । शव सडिसकेको हुदा स्थानीयले दुर्गन्ध आएको थाहा पाएपछि हेर्न जाँदा शव फेला परेको  र प्रहरीलाई जानकारी गराएको प्रहरी उपरीक्षक पोख्रेलले बताए ।  केसी विगत ६ वर्गादेखि युनाईटेड मिसन अस्पताल तानसेनमा क्लिनरको रुपमा कार्यरत थिए ।

मृतक केसी सडकबाट चिप्लिएर लडी तल झाडीमा खसेको र मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बजेट कार्यान्वयनलाई तिव्रता दिन मुख्यमन्त्री शाहीको निर्देशन

  • ९ माघ, २०७५

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले बजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन दिएका छन् ।  विषयगत मन्त्रालयका

पोखरामा अत्याधुनिक बधशाला तथा चिकेन पोइन्ट संचालनमा

  • ९ माघ, २०७५

कास्की । पोखराको पार्दी विरौटामा अत्याधुनिक पोल्टी बधशाला तथा फेवा चिकेन पोइन्ट संचालनमा आएको छ ।   ५५ जनालाई प्रतक्ष्य रोजगार दिनेगरी संचालनमा

सरकार राज्य आतंक मच्चाउन उद्धत : तरुण दल

  • ९ माघ, २०७५

कास्की । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पोखरामा सरकारको विरोधमा प्रदर्शन गर्ने भएको छ ।  यहि माघ ११ गते शुक्रबार मानवअधिकार चोकबाट