बुटवल हिडेका युवाको जंगलमा शव फेला

पाल्पा । पाल्पाको सदरमुकाम तानसेनमा एक युवकको शव जंगलमा फेला परेको छ । तानसेन नगरपालिका १ भुसलडाँडाका ३९ वर्षीय सुनिल केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिए ।

 सुनिल घरबाट बुटवल जान भनेर भदौ ११ गते हिँडेका थिए । उनको शव तानसेन १ भुसलडाँडाको खल्लुकधारा नजिक सडकभन्दा २७ मिटर तल झाडीमा फेला परेको हो । शव सडिसकेको हुदा स्थानीयले दुर्गन्ध आएको थाहा पाएपछि हेर्न जाँदा शव फेला परेको  र प्रहरीलाई जानकारी गराएको प्रहरी उपरीक्षक पोख्रेलले बताए ।  केसी विगत ६ वर्गादेखि युनाईटेड मिसन अस्पताल तानसेनमा क्लिनरको रुपमा कार्यरत थिए ।

मृतक केसी सडकबाट चिप्लिएर लडी तल झाडीमा खसेको र मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर