चर्चामा भुवन केसीकी पूर्वपत्नीको चुम्बन, चाँडै विवाह गर्दैछिन्

काठमाडौं । सन् २००१ मा अभिनेता भुवन केसीसँग सम्बन्ध बिच्छेद गरेपछि एकल जीवन बिताइरहेकी युवा स्टार अनमोल केसीकी आमा तथा अभिनेत्री सुस्मिता केसीको एक तस्विर चर्चामा छ । सुस्मिताले हालै आफ्नो इन्स्टाग्राममा एक युवकलाई ओठमा चुम्बन गरिरहेको तस्विर पोष्ट गरिन् । 

उनले क्याप्सनमा लेखिन्, ‘विस लिस्ट’ शब्द अब मेरो शब्दकोषमा रहेन, किनकि तिमीजस्तो गज्जबको श्रीमान दिएर जीवनले मेरो सबै इच्छा पुरा गरिदिएको छ’ । यसबाट छर्लङ्ग हुन्छ अब सुस्मिता सिंगल रहिनन् ।

सुस्मिताले सेप्टेम्बर १ मा सिंगापुरको फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामिसँग इन्गेजमेन्ट गरेको बताइएको छ । खबर अनुसार, पारिवारिक सहमतीमै सुस्मिताले इन्गेजमेन्ट गरेको बताइएको छ । छोरा अनमोल केसीकै सहमतीमा इन्गेजमेन्ट गरेको बुझिएको छ । 

सुस्मिताले किलनसँग सन् २०१९ को भ्यालेनटाइनको दिन विवाह गर्ने बताइएको छ । विवाह फिजीमा नै हुनेछ । किलन ग्यासका व्यापारी रहेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर