• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:10 am

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक पारित

काठमाडौं । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । 

विधेयक पारित गरियोस भनी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव पेश गरे । यस अघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

सांसद प्रेम सुवाल र दुर्गा पौडेलले छलफलमा भाग लिए । उनीहरुले गर्भपतनको अधिकार आमालाई हुनुपर्ने, एक वर्ष बिदा नलिनेले के गर्ने भन्ने व्यवस्था हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराए ।  समितिले संशोधन गरेको सो विधेयकको दफा एकदेखि १२ सम्मको संशोधनलाई अङ्ग बनाउने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

यसैगरी विधेयकको दफा दुईदेखि ३७ सम्मका संशोधन पनि सर्वसम्मति पारित भएको छ । विधेयकको नाम र प्रस्तावना पनि सर्वसम्मतिले पारित भएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ग्यास खानीको अन्वेषण गर्न चिनियाँ परियोजना स्वीकृत

  • ३ माघ, २०७५

पाल्पा । नेपाल सरकारले ग्यास खानीको अन्वेषण गर्न एक चिनियाँ परियोजनालाई स्वीकृत गरेको छ ।  मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले पाल्पाको तानसेन र

पाल्पामा जन्ती बस दुर्घटना

  • ३ माघ, २०७५

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाको वडा नं. १ चिर्तुंगधाराको चिलांगदीको भित्रि सडकखण्डमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । पाल्पादेखि दांग

विकासनिर्माणको अनुगमन गर्दै महानगर प्रमुख

  • ३ माघ, २०७५

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रमा भइरहेका विकास निर्माणको अनुगमन गर्न लाग्नु भएको छ । शुरु भएका विकास निर्माणका