• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आवास र भूमि अधिकारसम्बन्धी विधेयक, २०७५’ पारित

काठमाडौं ।  ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरे ।

यसअघि मन्त्री राईले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको आवासको अधिकारसम्बन्धी विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरे । छलफलमा सांसद सुवालले एक ठाउँमा घर भएकाहरुले अर्को स्थानमा बनाउँदा अनुत्पादक क्षेत्रमा खर्च भएको बताए । 

 सडक विस्तार गर्ने नाममा सम्पदा, बस्ती र आवास नभत्काउन पनि सांसद सुवालले माग गरे । सांसदले उठाएका विषयको जवाफ दिँदै मन्त्री राईले भवनसंहिता लगायत आवास सम्बन्धी कानुन पालना गरिने प्रतिबद्धता जनाए । 
 बैठकले समितिको संशोधन प्रस्ताव स्वीकृत गरी विधेयकको अंग बनाउने प्रस्ताव पनि पारित गरेको थियो । विधेयकको नाम र प्रस्तावना पनि बैठकले स्वीकृत ग¥यो । 
यसैबीच, प्रतिनिधिसभामा ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरे ।

 यसअघि मन्त्री ढकालले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गरे । बैठकले समितिको संशोधन प्रस्ताव स्वीकृत गरी विधेयकको अंग बनाउने प्रस्ताव पनि पारित गरेको थियो ।

विधेयकको नाम र प्रस्तावना पनि बैठकले स्वीकृत ग¥यो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३० गते अपराह्न २ बजे बस्नेछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर