• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:12 am

काठमाडौं उपत्यकासहित सम्पदा बस्ती मौलिक स्वरुपमा पुनर्निर्माण हुने

काठमाडौं । काठमाडौं उपत्यकाभित्रसहित विभिन्न जिल्लाका सम्पदा बस्ती मौलिक स्वरुपमा पुनर्निर्माण गरिने भएको छ ।

 राष्ट्रिय पुननिर्माण प्राधिकरणको शुक्रबार बसेको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकाभित्रका खोकना, बुङमती, सांखु, किलागलजस्ता परम्परागत बस्तीहरु तथा उपत्यका बाहिरका नुवाकोट, गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजारजस्ता क्षेत्रहरुमा परेका बस्तीहरुको पुनर्निर्माण गर्दा बस्तीको मौलिक स्वरुपलाई यथावत कायम गर्ने गरी पुनर्निर्माण गर्ने निर्णय भएको हो ।

बैठकले ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकास लगायतमा पूर्वाधारहरुको पुनर्निर्माण गर्नका लागि सरकारले प्राधिकरणमार्फत नै लगानी गर्ने निर्णय पनि गरेको छ । त्यस्ता बस्तीहरुमा रहेका निजी आवास पुनर्निर्माण गर्नुपर्ने घरधनीहरुलाई मौलिक/ पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

कार्यकारी समितिले २ वा २ भन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजहरुलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको संख्या गणना गरी अनुदान रकम उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

साथै, काठमाडौं उपत्यकाभित्रका बस्तीहरुमा लाभग्राही सूचीमा परेका घरहरुको पुनर्निर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय पनि प्राधिकरण कार्यकारी समितिले गरेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

इलाममा अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भिर, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  • ३ माघ, २०७५

काठमाडौं । इलाममा नौं दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई उपचारको लागि काठमाडौं ल्याउने तयारी गरिएको छ

न्यायपालिका शुद्धीकरण अभियानमा प्रधानन्यायाधीश, नौ न्यायाधीशको सरुवा

  • ३ माघ, २०७५

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई आज काज सरुवा गरेका छन्

‘टुटल’ र ‘पठाओ’लाई रोक्ने चाहना सरकारको छैन – प्रवक्ता बाँस्कोटा

  • ३ माघ, २०७५

काठमाडौं । सरकारले प्रविधिको प्रयोग गरेर मोटरसाइकलमार्फत भाडामा यात्रु ओसार्ने काम रोक्ने चाहना नभएको जनाएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना