• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

भरतपुरबाट पोखरातर्फ आउदै गरेको बस दुर्घटनाग्रस्त, एकको मृत्यु, ५ घाइते

पोखरा । चितवनको भरतपुरबाट पोखरातर्फ आउदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गको म्याग्दे गाँउपालिका – ३ नँयाबजारमा शुक्रबार भरतपुरबाट पोखरातर्फ आउदै गरेको ना५ख २ नम्बरको बस दुर्घटना हुँदा चितवनका १७ वर्षिय शन्देस खड्काको मृत्यु भएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । 

दुर्घटनामा परि चितवन भरतपुरका सरोज थापा, नवलपरासीकी शान्ति गुरुङ, गंगा थापा, नर माया थापा र दुर्गा पुन घाइते भएको प्रहरी उपरीक्षक  भट्टले उल्लेख गरेका छन् । घाइतेहरुलाई उपचारको लागि पोखरा तर्फ ल्याइएको  उनले जनाए ।

जन्ती बोकेको बस अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खस्न पुग्दा दुर्घटना भएको बताइएको छ  । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर